बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
महिन्द्रा र फोर्डले गएको वर्ष साझेदारीको घोषणा गरेका थिए । यी दुई कम्पनीले मिलेर भारतीय बजारमा नयाँ कार लन्च गर्ने भएका छन् । सो ज्वाइन्ट भेन्चर जस्तै महिन्द्राले पेट्रोल इन्जिन आपूर्ति गर्ने छ भने फोर्डले टेक्नोलोजी प्रदान गर्नेछ । महिन्द्राले नयाँ इकोस्पोर्टको लागि नयाँ १.२ लिटर पेट्रोल इन्जिन प्रदान गर्नेछ ।
सो साझेदारीमा अन्य कम्पनीले पनि लाभ उठाउनेछन् । रिपोर्ट अनुसार निकट भविष्यमा यी दुई कम्पनीले साझेदारीमा एसयूभीको सिरिज ल्याउने छन् । जसमा एक सम्भवतः सी सेगमेन्ट एसयूभी हुनेछ । जसले दोस्रो पीढीको महिन्द्रा एक्सयूभी ५००को पार्ट्स सेयर गर्नेछ ।
कम्पनीले घरेलु उपयोगको लागि सो कारलाई सीएक्स७५७ कोडनेम दिएको छ । जसको डिजाइन महिन्द्राको स्वामित्व भएको इटेलियन फर्म पिनिनफेराले गरिरहेको छ । सार्वजनिक भएको फोटोमा क्रोम इन्सर्टको साथ प्रमुख ब्लु ओभल ब्याज रहेको छ । फ्रन्ट फेसियामा मल्टी लेयर्स एलईडी डे टाइम रनिङ लाइटको उपस्थिति देख्न सकिन्छ । यसको साथै हेडल्याम्पको बम्परमा एक अलग ब्लस्टर समावेश गरिएको छ र फगल्याम्प हाउजिङ ठूलो रहेको छ ।
पावरको लागि सो कारमा २.० लिटर एमस्टालियोन पेट्रोल र २.२ लिटर चार पार्ट डिजेल इन्जिन समावेश गर्ने अनुमान गरिएको छ । जसले आउने महिन्द्रा एक्सयूभी५०० मा पावर दिनेछ । यसमा पहिलो युनिटले १९० एचपीको पावर र ३८० एनएमको टर्क जेनेरेट गर्छ । पछिल्लो इन्जिनले १८० एचपीको पावर जेनेरेट गर्छ ।
सीएक्स७५७ सम्भवतः ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको साथमा सार्वजनिक गरिनेछ । भारतमा लन्च भएमा सो कार एमजी हेक्टर प्लस, जीप कम्पास र टाटा ग्राभिटाससँग प्रतिस्पर्धा गर्नेछ । सो कारमा नयाँ महिन्द्रा एक्सयूभी५०० मा जस्तै ड्युअल स्क्रिन र टचस्क्रिनको लागि इन्स्ट्रयुमेन्ट हुने सम्भावना रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...