गोर्खाज फाइनान्सले म्याक्सस, डोङफेङ, ट्राइ–रिङ र फोर्स मोटर्सका गाडी किन्न ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने
काठमाडौँ – नेपालमा वातावरणमैत्री, आधुनिक र दिगो यातायात सेवालाई...
काठमाडौं– फोर्स मोटर्सको नेपालका लागि आधिकारिक वितरक आयाम इन्टरकन्टिनेटल प्रालिले रिलायन्स फाइनान्स लिमिटेडसंग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ ।
आयाम इन्टरकन्टिनेटल प्रालिका तर्फबाट कम्पनीका अध्यक्ष धु्रव थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ तथा डीसीईओ रामहरी आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटल प्रालिको सिफारिस प्राप्त ग्राहकले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत कर्जा सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।
यो सुविधा कम्पनीको देशभर रहेका सम्पुर्ण डिलर र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा उपलब्ध हुने जनाइएको छ । फोर्स मोटर्सको नेपालका २२ प्रमुख स्थानमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।
साथै फोर्स मोटर्सका गाडीहरु खरिद गर्न चाहाने ग्राहकहरुलाई दशैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरु सार्वजनिक गरेकोे छ । जसअन्तर्गत बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५० प्रतिशत क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मुल्यांकन, १ वर्षको मर्मतसम्हार खर्च र बिमा फ्री लगायतका स्किम सार्वजनिक गरेकोे छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...