फोर्स गोर्खाको मूल्य भारतमा ५१ हजार रुपैयाँले बढ्यो, भयो महिन्द्रा थारभन्दा पनि महंगो

नेपाल आउने तयारीमा रहेको भनिएको फोर्स गोर्खाको मूल्य भारतमा ५१ हजार रुपैयाँले बृद्धि भएको छ । नेपालका लागि आधिकारिक बितकर आयाम इन्टरकन्टिनेन्टल प्रालिले यो अफरोडर एसयुभीलाई तिहार लगत्तै नेपाल ल्याउने बताएको थियो । यद्यपी हालसम्म यसको नेपाल आउने मिति भने टुंगिसकेको छैन ।

सुरुवाती मूल्य १३ लाख ५९ हजार भारु तोकी बिक्री थालिएको यो एसयुभीको मूल्य बृद्धि भएपछि महिन्द्रा थारभन्दा ४१ हजार भारुले महंगो भएको छ । भारतमा यो एसयुभीको नयाँ मूल्य १४ लाख १० हजार भारु पुगेको छ भने महिन्द्रा थारलाई १३ लाख ६९ हजार भारुमा बिक्री गरिँदै आएको छ । मूल्य बढ्नुअघि भने गोर्खा थारभन्दा १० हजार भारुले सस्तो थियो ।

नेपाल आउनु अगाबै भारतमा थप महंगो भएको यो एसयुभी अब नेपाल भित्रिंदा समेत सुरुवाती मूल्यको तुलनामा २ लाख माथी बढेर आउने देखिएको छ । नेपाल आउँदा यसको मूल्य ७० लाख हाराहारी पर्ने अनुमान लगाउन सकिन्छ ।

यस्तो छ यो एसयुभी
नयाँ फोर्स गोर्खामा बीएस६ इन्जिनयुक्त २.६ लिटर डिजेल इन्जिन दिइएको छ, जसले ८९ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनका साथ हाइड्रोलिक रुपबाट एक्टिभ क्लच र केबल सिफ्टका साथ ५–स्पिड मर्सिडिज जी–२८ गियरबक्स दिइएको छ । सो इन्जिन अल ह्विल ड्राइभ सिस्टम र लो–रेन्ज ट्रान्सफर केसका साथ फ्रन्ट र रियर लकिङ डिफ्रेन्सियलका साथ आउछ ।

एड्भेन्चर शौखिनका लागि यसमा इन्डिपेन्डेन्ट फ्रन्ट सस्पेन्सन र रियरमा रिजिड एक्सल सामेल छ । त्यसैगरी यसमा अफरोडिङ टायर उपलब्ध छ । कम्पनीले यसका डबल हाइड्रोलिक स्प्रिङ क्वाइल सस्पेन्सन र १६ इन्चको ट्युबलेस टायर राखेको छ । यसको चारैतिर अफरोड क्लेडिङ उपलब्ध छ ।

यसको क्याबिनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी तथा नेभिगेसन सपोर्टका लागि टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ । यसमा टिल्ट र टेलिस्कोपिक एड्जस्टेबल स्टेयरिङ कोलम, सेन्ट्रल लकिङ, पावर विन्डो, रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ, भेरिएबल इन्टरमिटेन्ट स्पिड फ्रन्ट वाइपर, कर्नरिङ ल्याम्प, स्पिड सेन्सिङ डोरलक र वाइपरका साथ सिंगल पिस रियर डोर जस्ता फिचरका साथै एक नयाँ ब्ल्याक इन्टेरियर उपलब्ध छ ।

नयाँ २०२१ फोर्स गोर्खा फरवार्ड फेसिङ रियर सिटका साथ उपलब्ध हुन्छ । यसमा ५ सय लिटर भन्दा धेरैको बुट स्पेस उपलब्ध छ । यसको डिजाइनमा पनि पहिले भन्दा फरक छ । यसमा सर्कुलर बाई–एलईडी हेडल्याम्प र एलईडी डीआरएल दिइएको छ । त्यसैगरी कारमा फ्रन्ट ग्रिल, नयाँ फगल्याम्प, क्लेमलेस बोनट, ब्ल्याक क्लेडिङले ढाकिएको ह्विल आर्च, नयाँ डिजाइन गरिएको १६ इन्चको अलोय ह्विल, छतमा लगेज क्यारियर, नयाँ टेलल्याम्पका साथ टेलगेटमा एक सिढी जस्तै फिचर उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिने तयारीमा फोर्सको नयाँ गोर्खा, माघको दोस्रो साता सम्म नेपालमा लन्च हुने

नेपाल भित्रिने तयारीमा फोर्सको नयाँ गोर्खा, माघको दोस्रो साता सम्म नेपालमा लन्च हुने

काठमाडौं – भारतमा धेरै बुकिङ भइरहेको फोर्सको नयाँ गोर्खा एसयूभी नेपाली...

फोर्ड फिगो पश्चात अब फोर्ड एस्पायर पनि अटोमेटिक गियरबक्समा आउने

फोर्ड फिगो पश्चात अब फोर्ड एस्पायर पनि अटोमेटिक गियरबक्समा आउने

फोर्डले केही दिन पहिले फिगो ह्याचब्याकलाई अटोमेटिक गियरबक्सका साथ लन्च...

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...