भारतमा लन्च भयो फोर्ड फिगो अटोमेटिक, नेपालमा पनि केही दिनमै उपलब्ध हुने
भारतमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक लन्च भएको छ । यसको मूल्य ७ लाख ७५...
काठमाडौं – नेपालमा फोर्स गाडीको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिले निकै नै प्रतीक्षा गरिएको फोर्स गोर्खाको औपचारिक रुपमा बुकिङ खुला गरेको छ । यसको मूल्य समेत सार्वजनिक गरी हालै बुकिङ खुला गरिएको हो ।
भारतको बजारमा अत्याधिक रुचाइएको फोर्स गोर्खा लामो पर्खाई पछि नेपाली बजारमा उपलब्ध भएको छ । फोर्स मोटर्सको आयातकर्ता हिमालय अर्गनाइजेसन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रालिले फोर्स गोर्खा आयात तथा विक्री गर्दछ । विशेषतः अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गोर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर इन्जिन, गियरवक्स र एक्सल जडान गरिएको छ ।
फोर्स गोर्खामा पावरफुल फोर ह्विल ड्राइभ, अगाडि र पछाडि दुवै एक्सलमा म्यानुअल डिफ्रेन्सियल लक, ३५ डिग्री ग्रेडेबिलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै वाटोमा पनि उपयुक्त रहेको छ । साथै बल्की डिजाइन र बोल्ड लुक्स भएको फोर्स गोर्खामा डीआरएल सहितको आकर्षक एलईडी हेडल्याम्प, टिल्ट एन्ड टेलिस्कोपिक स्टेयरिङ, एडभान्स इन्फोटेनमेन्ट सिस्टम, लक्जरियस पाइलट सिट, क्वाइल स्प्रिङ सस्पेन्सन जस्ता आकर्षक फिचर रहेका छन् ।
फोर्स गोर्खामा स्नोरकल भएकोले ७०० एमएम पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ । यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयरब्याग, एबीएस, ईबीडी, ब्रेक र रिभर्स पार्किङ सेन्सर जस्ता फिचर्स रहेका छन् । थ्री डोर डिजाइन र ४ सिट क्षमता भएको यस जिपमा सहज इन्ट्री र एक्जिट, पर्याप्त बुट स्पेस र ग्याङ्गवे रहेको छ ।
यस जिपमा ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ । यस जिपको सुरुवाती मुल्य ७८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यद्यपि यो मूल्य केही समयका लागि मात्र लागू हुने र पछि अझै बढ्ने कम्पनीको भनाइ छ ।
भारतमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक लन्च भएको छ । यसको मूल्य ७ लाख ७५...
काठमाडौं – फोर्ड गाडी किन्ने ग्राहकको १० वर्षसम्मको इन्धन खर्च कम्पनीले...
विश्वको सबैभन्दा ठुलो कार कम्पनी मध्येको एक फोर्ड र बत्तीको बल्बको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...