भोली फोर्स गुर्खाको औपचारिक लन्च हुने
नेपाली बजारमा भोली फोर्स गुर्खाको औपचारिक लन्च हुने भएको छ । नेपालका लागी...
काठमाडौं – फोर्सको नेपालका लागि आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टलले फोर्स गोर्खाको मूल्य पहिले ६९ लाख ७९ हजार पर्ने बताएको थियो । तर पछि सीसी क्षमताको आधारमा शतप्रतिशतसम्म भन्सार महशुल तिर्नुपरेपछि नयाँ मूल्य ७८ लाख ९९ हजार रुपैयाँ पुगेको कम्पनीका अध्यक्ष ध्रुवबहादुर थापाले बताए ।
केही दिन पहिले नेपालमा फोर्स गोर्खा भित्रिए पनि औपचारिक रुपमा बुकिङ खुलेको थिएन । हाल बुकिङ खुलाइएको र यसको मूल्य ७८ लाख ९९ हजार तोकिएको छ । यससँगै यो अफरोड एसयूभीको बुकिङ समेत औपचारिक रुपमा खुल्ला गरिएको छ ।
यद्यपि यो मूल्य पहिलो लटका लागि मात्र तोकिएको र यसको मूल्य अझै बढ्ने बताइएको छ ।
नयाँ फोर्स गोर्खामा बीएस६ इन्जिनयुक्त २.६ लिटर डिजेल इन्जिन दिइएको छ, जसले ८९ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनका साथ हाइड्रोलिक रुपबाट एक्टिभ क्लच र केबल सिफ्टका साथ ५–स्पिड मर्सिडिज जी–२८ गियरबक्स दिइएको छ । सो इन्जिन अल ह्विल ड्राइभ सिस्टम र लो–रेन्ज ट्रान्सफर केसका साथ फ्रन्ट र रियर लकिङ डिफ्रेन्सियलका साथ आउछ ।
एड्भेन्चर शौखिनका लागि यसमा इन्डिपेन्डेन्ट फ्रन्ट सस्पेन्सन र रियरमा रिजिड एक्सल सामेल छ । त्यसैगरी यसमा अफरोडिङ टायर उपलब्ध छ । कम्पनीले यसका डबल हाइड्रोलिक स्प्रिङ क्वाइल सस्पेन्सन र १६ इन्चको ट्युबलेस टायर राखेको छ । यसको चारैतिर अफरोड क्लेडिङ उपलब्ध छ ।
यसको क्याबिनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी तथा नेभिगेसन सपोर्टका लागि टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ । यसमा टिल्ट र टेलिस्कोपिक एड्जस्टेबल स्टेयरिङ कोलम, सेन्ट्रल लकिङ, पावर विन्डो, रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ, भेरिएबल इन्टरमिटेन्ट स्पिड फ्रन्ट वाइपर, कर्नरिङ ल्याम्प, स्पिड सेन्सिङ डोरलक र वाइपरका साथ सिंगल पिस रियर डोर जस्ता फिचरका साथै एक नयाँ ब्ल्याक इन्टेरियर उपलब्ध छ ।
नेपाली बजारमा भोली फोर्स गुर्खाको औपचारिक लन्च हुने भएको छ । नेपालका लागी...
सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ । तर बजारमा...
काठमाडौं – फोर्डको नेपालका लागि आधिकरिक वितरक जीओ अटोमोबाइल्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...