विन्डस्क्रिनमा जम्मा भएको वाफ हटाउन यसो गरौ
सवारी ड्राइभिङ गर्दा आवश्यक परेको बेलामा वाइपर चलाउनु स्वाभाविकै हो ।...
अधिकांश महिलाहरु स्कुटर चलाउन रुचाउँछन्। स्कुटर आजकल महिलाहरुका लागि मनपर्ने सवारी भएको छ। दैनिक काम र अफिस आवागमनको लागि महिलालाई स्कुटरले निकै सहज बनाएको छ । चलाउन सजिलो, हल्का तौल, राम्रो माइलेज र सेफ्टी फिचरले स्कुटर महिलाहरूका लागि राम्रो विकल्प बनेको छ ।
स्कुटर चलाउन धेरै सजिलो हुन्छ। यसमा गियर परिवर्तन गर्नुपर्ने कुनै झन्झट हुँदैन । अटोमेटिक ट्रान्समिसनका कारण ट्राफिक जाममा समेत सजिलै चलाउन सकिन्छ । नयाँ महिला चालकलाई स्कुटर उत्कृष्ट विकल्प हुन सक्छ । साथै, स्कुटरको वजन कम हुने हुनाले यसलाई ह्यान्डल गर्न पनि सजिलो हुन्छ। सिटको हाइट कम हुने भएकाले कम उचाइका महिलालाई पनि स्कुटर आरामदायक सवारी हुन सक्छ ।
स्कुटरमा सामान राख्नको लागि पनि राम्रो ठाउँ हुन्छ। यसको सिट मुनि र अगाडि सामान राख्न सकिन्छ। स्कुटरमा पर्स, झोला, हेलमेट सबै आरामसँग फिट हुन्छ। केही स्कुटरमा अगाडि प्याकेट र ह्याङ्गर पनि हुन्छ, जसले यसलाई धेरै सुविधाजनक बनाउँछ।
सबैभन्दा महत्त्वपूर्ण कुरा मोटरसाइकल भन्दा स्कुटर कम मूल्यमा उपलब्ध हुन्छ । सस्तो मूल्यमा उपलब्ध हुनुका साथै यसको मर्मतसम्भारमा पनि कम लागत लाग्छ । बजेटको ख्याल राख्नुपर्ने महिलाका लागि स्कुटर एक राम्रो विकल्प हुनसक्छ ।
सेफ्टीका हिसाबले पनि स्कुटर राम्रो छ । आजकल स्कुटरमा एन्टी-लक ब्रेकिङ सिस्टम, कम्बी ब्रेकिङ सिस्टम र डिस्क ब्रेकजस्ता फिचर उपलब्ध हुन थालेको छ । यसले ब्रेकिङमा राम्रो नियन्त्रण प्रदान गर्छ र दुर्घटनाको जोखिम कम गर्छ।
समग्रमा भन्नु पर्दा स्कुटर चलाउँदा महिलाको आत्मविश्वास बढाउन मद्दत गर्छ । बिना कुनै हिचकिचाहट स्कुटर चलाउन सकिन्छ । तसर्थ स्कुटर महिलाहरुको लागि एक राम्रो विकल्प हुन सक्छ ।
सवारी ड्राइभिङ गर्दा आवश्यक परेको बेलामा वाइपर चलाउनु स्वाभाविकै हो ।...
काठमाडौं – लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच...
जर्मन कार निर्माता मर्सिडिज बेन्जले २०२६ मा इक्यूई सेडान र एसयूभीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...