यी कारणले महिलाहरूका लागि बाइक भन्दा स्कुटर राम्रो विकल्प

अधिकांश महिलाहरु स्कुटर चलाउन रुचाउँछन्। स्कुटर आजकल महिलाहरुका लागि मनपर्ने सवारी भएको छ। दैनिक काम र अफिस आवागमनको लागि महिलालाई स्कुटरले निकै सहज बनाएको छ । चलाउन सजिलो, हल्का तौल, राम्रो माइलेज र सेफ्टी फिचरले स्कुटर महिलाहरूका लागि राम्रो विकल्प बनेको छ ।

स्कुटर चलाउन धेरै सजिलो हुन्छ। यसमा गियर परिवर्तन गर्नुपर्ने कुनै झन्झट हुँदैन । अटोमेटिक ट्रान्समिसनका कारण ट्राफिक जाममा समेत सजिलै चलाउन सकिन्छ । नयाँ महिला चालकलाई स्कुटर उत्कृष्ट विकल्प हुन सक्छ । साथै, स्कुटरको वजन कम हुने हुनाले यसलाई ह्यान्डल गर्न पनि सजिलो हुन्छ। सिटको हाइट कम हुने भएकाले कम उचाइका महिलालाई पनि स्कुटर आरामदायक सवारी हुन सक्छ ।

स्कुटरमा सामान राख्नको लागि पनि राम्रो ठाउँ हुन्छ। यसको सिट मुनि र अगाडि सामान राख्न सकिन्छ। स्कुटरमा पर्स, झोला, हेलमेट सबै आरामसँग फिट हुन्छ। केही स्कुटरमा अगाडि प्याकेट र ह्याङ्गर पनि हुन्छ, जसले यसलाई धेरै सुविधाजनक बनाउँछ।

सबैभन्दा महत्त्वपूर्ण कुरा मोटरसाइकल भन्दा स्कुटर कम मूल्यमा उपलब्ध हुन्छ । सस्तो मूल्यमा उपलब्ध हुनुका साथै यसको मर्मतसम्भारमा पनि कम लागत लाग्छ । बजेटको ख्याल राख्नुपर्ने महिलाका लागि स्कुटर एक राम्रो विकल्प हुनसक्छ ।

सेफ्टीका हिसाबले पनि स्कुटर राम्रो छ । आजकल स्कुटरमा एन्टी-लक ब्रेकिङ सिस्टम, कम्बी ब्रेकिङ सिस्टम र डिस्क ब्रेकजस्ता फिचर उपलब्ध हुन थालेको छ । यसले ब्रेकिङमा राम्रो नियन्त्रण प्रदान गर्छ र दुर्घटनाको जोखिम कम गर्छ।

समग्रमा भन्नु पर्दा स्कुटर चलाउँदा महिलाको आत्मविश्वास बढाउन मद्दत गर्छ । बिना कुनै हिचकिचाहट स्कुटर चलाउन सकिन्छ । तसर्थ स्कुटर महिलाहरुको लागि एक राम्रो विकल्प हुन सक्छ ।

सम्बन्धित समाचारहरू

ड्राइभिङ लाइसेन्स आवेदनमा भएका त्रुटि अब यातायात व्यवस्था तथा सेवा कार्यालयबाटै सच्याउन सकिने

ड्राइभिङ लाइसेन्स आवेदनमा भएका त्रुटि अब यातायात व्यवस्था तथा सेवा कार्यालयबाटै सच्याउन सकिने

काठमाडौं – अब प्रदेश मातहतका यातायात व्यवस्था तथा सेवा कार्यालयहरूबाटै...

तपाईको कार बेच्ने समय भयो कि ? यस्तो दिन सक्छ संकेत

तपाईको कार बेच्ने समय भयो कि ? यस्तो दिन सक्छ संकेत

लामो समयसम्म कारको उपभोग गरेमा यसले हजारौं रुपैयाँ मर्मत सम्भारमा खर्च...

सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस : नेपालमा बढ्दै महिला राइडरको क्रेज

सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस : नेपालमा बढ्दै महिला राइडरको क्रेज

गत मंसिर महिनामा भारतको गोवामा सम्पन्न टीभीएस मोटोसोल २०२४ को १२५ सीसी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...