भोलि शाओमीको पहिलो इलेक्ट्रिक कार लन्च हुने, मूल्य करोडमा
चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ भोलि अर्थात...
स्लोभाकियामा उड्नसक्ने र गुड्नसक्ने गरी निर्माण गरिएको ‘एयर कार’ले उड्ने अनुमति प्राप्त गरेको छ । यो कारले उडानको सबै परीक्षण चरण पार गरेको सीएनएनले जनाएको छ ।
स्लोभाकियामा विकसित यो कारलाई द स्लोभाक ट्रान्सपोर्ट अथोरिटीले उड्न सक्ने आधिकारिक प्रमाणपत्र प्रदान गरेको हो । यसले ७० घण्टाको उडान परीक्षण पार गरेको कम्पनी क्लेन भिजनले जनाएको छ । यो डुअल मोडको कार अर्थात् कार र एयरक्राफ्ट साधन हो । परीक्षण चरणमा यसले दुई सय पटक उडान र अवतरण गरेको थियो । जुन युरोपेली हवाइ सुरक्षा संस्थ (ईएएसए)को मापदण्डअनुसार रहेको छ ।
क्लेन भिजनका अनुसार यसलाई उडाउन भने पाइलटको लाइसेन्स लिएको हुनुपर्ने भएको छ । कम्पनीले १२ महिनाभित्र एयर कारको व्यावसायिक उपलब्धता हुने दाबी गरेको छ । आठ जना विशेषज्ञको समूहले एक लाख घण्टा लगाएर यसको डिजाइन कन्सेप्टलाई म्याथमेटिकल मोडलमा रुपान्तरण गर्न सकेको थियो जसले यसको प्रोटोटाइप उत्पादन भएको थियो ।
एयरकारमा १.६ लिटरको बीएमडब्ल्यू इन्जिन छ भने जुनसुकै पेट्रोलियम स्टेसनबाट इन्धन भर्न सकिने कम्पनीले जनाएको छ । यो कारले अधिकतम १८ हजार फिट उचाइमा उडान भर्न सक्छ । गत जुनमा यसले स्लोभाकियाको राजधानी ब्राटिस्लाभा र नित्राबीचको एयरपोर्टमा ३५ मिनेट लामो परीक्षण उडान गरेको थियो । अवतरणपछि एयरकार कारमा रुपान्तरित भएको थियो। जुन गुडेर सिटी सेन्टरसम्म पुगेको थियो ।
उडान अनुमतिले अब यसको धेरै उत्पादनको बाटो खुलेको परीक्षण उडान गराएका पाइलट स्टेफान क्लेनले बताए । उनी नै कारका अन्वेषक र विकास समूहका मुख्य व्यक्ति पनि हुन् ।
चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ भोलि अर्थात...
कार निर्माताले आफ्ना लेटेस्ट टेक्नोलोजी र नयाँ मोडलहरू सार्वजनिक...
एमजी मोटर्सले भारतीय बजारमा सबैभन्दा सानो कार कोमेट ईभी सार्वजनिक गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...