जेडएस ईभीमा भएको आगलागी घटनाको ‘साइड इफेक्ट’ के ?

काठमाडौं– नेपाली ईभी प्रेमीले निकै नै रुचाएको एमजी जेडएस ईभी अहिले एउटा घटनाका कारण नराम्रो चर्चामा छ । गतसाता काठमाडौंको बुढानिलकण्ठमा चार्जिंङका दौरान भएको आगलागी घटनाले यो इलेक्ट्रिक एसयूभी प्रयोग गर्दै आएका ईभीप्रेमी झस्किएका मात्र छैनन, यस्तै घटना आफ्नो गाडीमा पनि दोहोरिने पो हो कि भनेर चिन्तित समेत देखिन थालेका छन् ।

आगलागीको कारणबारे प्रहरी र बिक्रेता कम्पनीले अध्यायन गरिरहेको बताएपनि सोबारे प्रष्ट जानकारी नआइन्जेल उनीहरुमा यस्तो चिन्ता झनै बढेर जाने देखिन्छ । खुल्ला चौरमा राखेर चार्ज गरिएका कारण सो आगलागीबाट गाडी जल्नुबाहेक अन्य क्षती भने हुन पाएन । यो घटनाले ईभी प्रयोगकर्ता त्यसमा पनि जेडएस ईभी प्रयोग गर्दै आएका सयौं गाडीधनीलाई सुरक्षा चुनौती बढाएको सहजै अनुमान गर्न सकिन्छ ।

ईभीमा आगलागी भएको यो घटना विश्व परिवेशका लागी नौलो नभएपनि नेपालका लागी भने पहिलोपटक हो । १० हजार बढी ईभी ग्राहक भएको नेपाली बजारमा निम्तिएको यो घटनाले अवको केही समय ईभी बजारमा निकै चर्चा पाउने निश्चित छ । ‘जेडएस ईभीमा आगलागि भएको घटनाले मलाई नराम्रोसंग झस्काएको छ’ विगत २ वर्षदेखी सोही ईभीमा सवार हुँदै आएका एक ईभी प्रयोगकर्ताले भने, ‘यो घटाना सुन्नमा आएपछि अहिले गाडी चार्जिङ गर्न निकै डर लाग्ने गरेको छ । कतै मेरो गाडीमा पनि यस्तै घटना निम्तिने त होइन भन्ने डर पनि लाग्छ ।’

जेडएस ईभी प्रयोग गर्दै आएका आँफूजस्ता ग्राहकलाई आश्वस्त पार्न बिक्रेता कम्पनी पारामाउन्ट मोटर्सले छिटोभन्दा छिटो घटनाबारे सत्यतथ्य वाहिर ल्याउनुपर्ने उनको माग छ । उनि भन्छन, ‘के–कस्ता कमजोरीका कारण यो घटना भयो, यसमा सरकारी निकायले पनि चासो ब्यक्त गर्नुपर्छ । साथै पारमाउन्ट मोटर्सले चीनस्थित एमजी मोटर्सबाटै प्राविधीक ल्याएर सत्यतथ्य छानविन गर्नु उपयुक्त हुन्छ । यो घटनालाई हल्का रुपमा लिएर त्यत्तिकै थामथुम पार्न खोजे मजस्ता सम्पूर्ण जेडएस ईभी प्रयोगकर्तामाथी ठूलो अन्याय हुनेछ । भोलीका दिनमा फेरी यस्तै घटना निम्तिए कम्पनी स्वयं जिम्मेवार वन्नुपर्नेछ ।’

इलेक्ट्रिक कारमा भएको सो आगलागि घटनाले ईभी प्रयोगकर्ता र बिक्रेता कम्पनीलाई नराम्रोसंग झस्काउनुको साथै भोलीका दिनमा यस्ता घटनालै अझै निरन्तरता पो पाउने होकी भन्ने शंसय पनि उत्तिकै बढेको छ । यो घटनाको सत्यतथ्य छानविन गरेर चित्तबुझ्दो जवाफ वाहिर नआउँदासम्म नेपालमा एमजीको बजार धर्मसंकटमा पर्नेसम्म आँकलन गर्न सकिन्छ । साथै यो घटनाको ‘साइड इफेक्ट’ स्वरुप कतै भोलिका दिनमा समग्र ईभी बजार नै प्रभावित बन्ने त होइन भन्ने सम्मको आशंका समेत बढ्न थालेको छ ।

आगलागीको यो घटनालाई लिएर सामाजिक संजालमा बिभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । कतिपयले नेपालमा ईभीको रफ्तार रोक्न प्रायोजित हिसावले घटना निम्त्याईएको सम्म भन्न भ्याएका छन् भने कोहीले चार्जिङमा लापरवाही भएको हुनसक्ने सम्मको आशंका ब्यक्त गरेका छन् । यसरी प्रतिक्रिया दिनेहरुमा धेरैजसोले भने ईभी नयाँ प्रबिधी भएका कारण सोबारे उपभोक्तालाई यथेष्ट जानकारी प्रदान नगर्दा घटाना निम्तिएको भनेर बिक्रेता कम्पनीमाथी आरोप समेत लगाएका छन् ।

सम्बन्धित समाचारहरू

७ वर्षसम्म स्थिर रहने ब्याजदरमा एमजी ईभी किन्न पाइने, ब्याजदर ८.९९ प्रतिशत

७ वर्षसम्म स्थिर रहने ब्याजदरमा एमजी ईभी किन्न पाइने, ब्याजदर ८.९९ प्रतिशत

काठमाडौं– एमजी ब्राण्डका ईभी ग्राहकले ७ वर्षसम्म स्थिर रहने ब्याजदरमा...

एमजी मोटर्सको नयाँ एसयूभी भारतीय बजारमा विन्ड्सरको नामले लन्च गरिने

एमजी मोटर्सको नयाँ एसयूभी भारतीय बजारमा विन्ड्सरको नामले लन्च गरिने

एमजी मोटर्सले आगामी अल इलेक्ट्रिक क्रसओभर ईभी भारतीय बजारमा एमजी विन्ड्सर...

लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

काठमाडाैं – एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस५ नेपाली बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...