नेपाली बजारमा २ वर्ष भित्र ५ मोडलका चांगन गाडी भित्रिने, शुरुमा एल्सभिन सेडान उपलब्ध हुने

चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड दाबी गर्ने चांगन अटोले नेपाली बजारमा आफ्ना विभिन्न मोडलका प्रिमियम गाडीहरु प्रस्तुत गर्ने बताएको छ । केही समय यता चांगन ब्रान्ड नेपाली बजारमा भित्रिने चर्चा चलिरहे पनि कुन गाडी भित्रिने भन्ने वारेमा औपचारिक जानकारी सार्वजनिक भएको थिएन । अब भने प्रतीक्षा समाप्त भएको छ ।

नेपालका लागि चांगन अटोको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले आगामी २ वर्ष भित्र ५ मोडलका उत्कृष्ट गाडी नेपाली बजारमा सार्वजनिक गर्ने बताएको छ ।

चांगन अटोले आफ्नो प्रिमियम सेडान ‘एल्सभिन’ को आगमनसँगै आफ्नो यात्रा नेपालमा सुरु गर्ने बताएको छ । उक्त गाडीमा प्रयोगकर्ताहरुले लक्जरी, आरामदायिता र कार्यक्षमताको मिश्रणको अनुभव गर्नेछन् । १.४ लिटर ब्लुकोर इन्जिनद्वारा संचालित एल्सभिन ७ इन्च फ्लोटिंङ इन्फोटेनमेन्ट टचस्क्रिन प्रणालीसहित उपलब्ध हुनेछ ।

एल्सभिन पश्चात एक प्रिमियम लाइफस्टाइल पिकअप ‘हन्टर’ नेपाली सडकमा उपलब्ध हुनेछ । हन्टरमा उच्च शक्ति र प्रदर्शनको साथसाथै बाहिरी र भित्री आकर्षक डिजाइनहरू पाउन सकिन्छ । हन्टरमा २३० एमएमको ल्यादेन ग्राउन्ड क्लियरेन्स हुनेछ जसले गर्दा यसलाई पूर्ण अफरोडर बनाउँछ । एल्सिभन र हन्टर २०२१ मा नेपाली सडकमा आउनेछन् ।

२०२२ वर्षको सुरुवात लक्जरी एसयूभी ‘ओशान एक्स७’ को लन्चसँगै हुनेछ । ओशान एक्स ७ सुविधाहरू र विलाशिताको मिश्रण हुनेछ । यसपछि मध्यम आकारको स्टाइलिस एसयूभी ‘सीएस ३५ प्लस’ लन्च गरिनेछ । सीएस ३५ प्लसले गुणस्तरीय डिजाइनसँगै आरामदायक ड्राइभिङ अनुभव पनि प्रदान गर्दछ ।

२०२२ एक उच्च गुणस्तरीय एसयूभी ‘युनि–टी’ को आगमनसँगै समाप्त हुनेछ । उक्त गाडीमा प्रयोगकर्ताहरूलाई भविष्यको डिजाइनका साथ अद्भुत अनुभूति दिनका लागि आवश्यक पर्ने कुराहरू छन् । युनि–टी उत्कृष्ट ड्राइभिङ सहायता प्रदान गर्ने लेभल ३ स्वायत्त ड्राइभिङ सुविधासँग आउनेछ । रमणीय डिजाइन, उच्च–अन्तको टेक्नोलोजी र आरामदायी ड्राइभिङ खोज्नेहरुका लागि युनि–टी सबैभन्दा राम्रो विकल्प हुन सक्छ ।

२०२२ सालको अन्त्यसम्म चांगन अटोले ५ विभिन्न प्रिमियम सेग्मेन्टका गाडीहरु नेपालमा उपलब्ध गराउने उल्लेख गरेको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा जेएसी टी८ डबल क्याब पिकअपको खुल्यो बुकिङ, मूल्य ५६ लाख ९९ हजार

नेपाली बजारमा जेएसी टी८ डबल क्याब पिकअपको खुल्यो बुकिङ, मूल्य ५६ लाख ९९ हजार

काठमाडौं – नेपाली बजारमा जेएसीको टी८ २.० लिटर पिकअप ट्रकको बुकिङ खुला...

स्कोडाको ‘कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स’, यसरी लिन सकिन्छ स्कोडा कुशाक

स्कोडाको ‘कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स’, यसरी लिन सकिन्छ स्कोडा कुशाक

काठमाडौं – नेपालको लागि एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले ‘कम्प्लिट पिस...

सितापाइलामा खुल्यो स्कोडाको अत्याधुनिक र सुबिधासम्पन्न सर्भिस सेन्टर

सितापाइलामा खुल्यो स्कोडाको अत्याधुनिक र सुबिधासम्पन्न सर्भिस सेन्टर

स्कोडा गाडीको नेपालका लागी आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...