कारमा प्रविधि : यी ५ विशेष प्रविधिका कारण चर्चामा रहयो वर्ष २०२०

अटोमोबाइल क्षेत्रले सन् २०२० मा निकै मुश्किलको सामना गर्नु प-यो । यद्यपि वर्षको अन्त्यमा भने केही राहत मिलेको मान्न सकिन्छ । कोरोना भाइरसको प्रकोपका डरले गरिएको लकडाउन र अन्य कारण विश्व अटोमोबाइल बजारमा निकै नै उतारचढाव आयो ।

हाल सबै अटोमोबाइल कम्पनीले नयाँ नयाँ टेक्नोलोजीको विकास गरिरहेका छन् । यो वर्ष पनि यस्तै नयाँ र आधुनिक टेक्नोलोजी चर्चामा रहे ।

वायरलेस एन्ड्रोइड र एप्पल कारप्ले
केही वर्ष अगाडि मात्र यो प्रविधिको विकास गरिएको थियो । हाल लन्च हुने सम्पूर्ण कारमा सो टेक्नोलोजी उपलब्ध रहेको छ । कारमा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि देख्न सकिन्छ । सस्तो एन्ड्रोइड स्मार्टफोनलाई पनि बिना तार कनेक्ट गर्न सकिन्छ । यद्यपि हालको लागि फोनलाई वायरले कनेक्ट गर्नु पर्ने हुन्छ । तर पछिल्लो समयमा वायरलेस कारप्ले समेत उपलब्ध हुन थालेका छन् । हालै लन्च गरिएको निसान म्याग्नाइटमा यो वायरलेस रहेको छ ।

एयर प्युरिफायर र भाइरस प्रोटेक्सन
यो वर्ष कोरोना भाइरसको कारणले गर्दा कारमा पनि यस प्रकारको टेक्नोलोजीको आवश्यकता छ भन्ने महसुस हुन थालेको छ । हाल प्रदूषणको कारण वातावरण दुषित हुन थालेको छ । यही कुरालाई मध्यनजर गर्दै अटो कम्पनीले कारमा एयर प्युरिफिकेसन सिस्टम र भाइरस प्रोटेक्सन दिन शुरु गरेका छन् । किया सोनेट र निसान म्याग्नाइटमा सो फिचर समावेश गरिएको छ । हालै लन्च गरिएको हुन्डाई आई२० मा अक्सिजन बुस्ट फिचर समावेश गरिएको छ ।

कनेक्टेड कार टेक्नोलोजी
सन् २०२० मा सबैभन्दा बढी कनेक्टेड कार टेक्नोलोजी देखिएको छ । सन् २०१९ मा यसको शुरुवात ब्रिटिश अटोमोबाइल कम्पनी एमजी मोटरले गरेको थियो । त्यसपछि सो प्रविधि कियाको सेल्टोस एसयूभीमा प्रस्तुत गरिएको थियो । सो फिचर हालको लागि लग्जरी कारमा मात्र उपलब्ध रहेको छ । यद्यपि हुन्डाईको लोकप्रिय ह्याचब्याक आई२० मा सो फिचर समावेश गरिएको छ ।

ठूलो टचस्क्रिन
२०२० मा लन्च गरिएका सबै कारमा ठूलो टचस्क्रिन देख्न सकिन्छ । शुरुवातमा टचस्क्रिन सिस्टम लन्च हुँदा यो ७ इन्चको थियो । तर सोनेट र आई२० मा १०.२५ इन्चको सिस्टम समावेश गरियो । यसलाई प्रयोग गर्न पनि सजिलो हुनुका साथै कैयौ भ्वाइस अपरेटेड पनि उपलब्ध रहेको छ । साथै डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल पनि फुल्ली डिजिटल भइसकेको छ । पहिला सेमी डिजिटलको ट्रेन्ड चलेको थियो ।

एडीएएस टेक्नोलोजी
कैयो कारमा हाल एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम देख्न सकिन्छ । एमजी ग्लोस्टरमा ड्राइभर असिस्टेन्स सिस्टमको साथै लेवल १ अटोनोमस टेक्नोलोजी समावेश गरिएको छ । ग्लोस्टर पहिलो कार हो जसमा अटोमेटेड कोलिजन असिस्टेन्स सिस्टम, ड्राइभर फ्याटिग सिस्टम, अटोमेटेड इमरजेन्सी ब्रेक्सको साथमा असिस्टेन्स फिचर उपलब्ध रहेको छ । यद्यपि सो सिस्टम महँगो कारमा मात्र उपलब्ध रहेको छ । सस्तो कारमा पनि सो सिस्टम उपलब्ध हुने विश्वास गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...