सुरुवाती मूल्य ९ लाख भारुमा लन्च भयो किया क्यारेन्स
कियाले क्यारेन्स एमपीभीलाई आज भारतमा लन्च गरेको छ । सेल्टोसको प्लेटफर्ममा...
कियाको पहिलो इलेक्ट्रिक कार ईभी६ सबैभन्दा सुरक्षित कारको सूचीमा परेको छ । यसले उत्कृष्ट प्रदर्शनका साथ युरो एनक्याप टेस्टमा ५ स्टार रेटिङ हासिल गरेको छ । नयाँ किया ईभी६ २ ब्याट्री प्याकमा उपलब्ध हुनेछ जसलाई जुन २ मा लन्च गरिने छ ।
यो कारले एडल्ट ओक्युपेन्ट प्रोटेक्शनमा ९० प्रतिशत अंक प्राप्त गरेको छ भने चाइल्ड सेफ्टीको लागि ८६ प्रतिशत रेटिङ पाएको छ । विशेष कुरा के छ भने ६ देखि १० वर्षसम्मका बालबालिकाको सुरक्षाका हिसाबले २४ मध्ये २३.२ अंक दिइएको छ । सीएसआर जाँचमा १२ अंक दिइएको छ । खराब सडकमा गरिएको प्रदर्शनमा पनि यो कारले राम्रो प्रदर्शन गर्दै ६४ प्रतिशत अंक ल्याएको छ ।
किया ईभी६ एसयूभीमा सेफ्टीको लागि ६ वटा एयरब्याग, सिट बेल्ट प्रि–टेन्सन र लोड–लिमिटर समावेश गरिएको छ । साथै सिट–बेल्ट रिमाइन्डर सिस्टम, लेन असिस्ट सिस्टम, अटोमेटिक इमरजेन्सी ब्रेकिङ र स्पिड एसिस्टेन्स जस्ता फिचर रहेको छ ।
नयाँ किया ईभी६ इलेक्ट्रिक क्रसओभरमा ७७.४ केडब्ल्युएच ब्याट्री प्याक दिइने सम्भावना रहेको छ । सो इलेक्ट्रिक मोटरले ३२१ बीएचपी पावर र ६०५ एनएम टर्क जेनेरेट गर्न सक्षम छ । फुल चार्जमा सो एसयूभीले ४२४ किलोमिटरको रेन्ज पनि दिन सक्छ । किया ईभी६को लङ रेन्ज भर्सनले पूर्ण रूपमा चार्ज गर्दा २३८ किलोमिटरको रेन्ज दिने दावी गरिएको छ ।
किया ईभी६ लन्च भएपछि यसले हुन्डाई आयोनिक५ र भल्भो एक्ससी४० जस्ता मोडेलसँग प्रतिस्पर्धा गर्नेछ ।
कियाले क्यारेन्स एमपीभीलाई आज भारतमा लन्च गरेको छ । सेल्टोसको प्लेटफर्ममा...
किया मोटर्सले २०१९ मा सेल्टोसको साथमा भारतीय बजारमा पहिलो पटक प्रवेश...
काठमाडौं–कियाले दोस्रो पुस्ताको सेल्टोसलाई विश्व बजारका लागि सार्बजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...