टाटा पन्चलाई मिल्यो ग्लोबल एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार रेटिंग

टाटाको नयाँ माइक्रो एसयूभी पन्चले हालै गरिएको ग्लोबल एनक्याप क्र्यास टेस्टमा वयस्क सवार सुरक्षामा पाँच स्टार र बालबालिकाका लागि चार स्टार प्राप्त गरेको छ । आगामी अक्टोबर २० देखि बिक्री प्रारम्भ गरिने टाटा पन्च यसरी फाइभ स्टार प्राप्त गर्ने पछिल्लो नयाँ कार हो । यो भन्दा पहिले टाटा नेक्सन र टाटा अल्टोज यो सूचीमा सामेल भइसकेका छन् ।

यो कम्पनीको सबैभन्दा सस्तो एसयूभी बन्नेछ । टाटा पन्च अल्फा प्लेटफर्ममा तयार गरिएको हो । यसमा अल्ट्रोज र नेक्सनबाट प्रेरित ९० डिग्रीको ढोका सामेल गरेको छ ।

कारको इन्टरियर डुअल टोन थिममा राखिएको छ । जसमा ब्ल्याक र ह्वाइट रङको उपयोग गरिएको छ । उक्त रङको संयोजन ड्यासबोर्डमा देख्न सकिन्छ । यसमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले, आईआरए कनेक्टेड कार टेक्नोलोजी समावेश गर्ने सम्भावना रहेको छ ।

यसको साथै कारमा एसी भेन्ट्समा ब्लु हाइलाइट र भित्रको डोर ह्यान्डलमा ह्वाइट इन्सर्टको प्रयोग गरिएको छ । कारको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा गियर पोजिशन, इन्धनको स्तर, ट्रिप मिटर, आरपीएम र डिस्टेन्स टु एम्प्टी आदिको जानकारी देखाउँछ ।

टाटा पन्चमा दुई इन्जिन विकल्प दिइएको छ । पहिलो १.२ लिटर, ३ सिलिन्डर रेभोट्रोन पेट्रोल इन्जिन जसले ८६ बीएचपी र ११३ एनएम टर्क जेनेरेट गर्छ । जबकि दोस्रो १.२ लिटर टर्बो पेट्रोल इन्जिनले ११० बीएचपी र १४० एनएम टर्क जेनेरेट गर्छ । कारमा ६ स्पिड म्यानुअल र एएमटी गियरबक्सको विकल्प प्रदान गरिएको छ ।

टाटा पन्चमा तीन ड्राइभिङ मोड दिने सम्भावना रहेको छ । जसमा एक शहरको लागि, एक हाईवेको लागि र चिप्लो र हिलो सडकको लागि प्रदान गर्नेछ ।

नेपाली बजारमा पनि यो कार तिहार पछि नै उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

ह्यारियर ईभीको ५ वटै भेरिएन्टको मूल्य सार्वजनिक, नेपालमा कति पर्ला ?

ह्यारियर ईभीको ५ वटै भेरिएन्टको मूल्य सार्वजनिक, नेपालमा कति पर्ला ?

काठमाडौं– टाटा मोटर्सले हालै लन्च गरेको नयाँ बिद्युतिय एसयुभी ह्यारियर...

टाटा कारमै पहिलोपटक उपलब्ध छन् टाटा सिएराका यी ५ फिचर

टाटा कारमै पहिलोपटक उपलब्ध छन् टाटा सिएराका यी ५ फिचर

टाटा मोटर्सले भारतीय बजारमा आफ्नो चर्चित एसयूभी टाटा सिएरा लन्च गरेको छ ।...

आजबाट धनतेरस टाटा उत्सव, आकर्षक अफरका साथ सुनको असर्फी जित्ने सुनौलो मौका

आजबाट धनतेरस टाटा उत्सव, आकर्षक अफरका साथ सुनको असर्फी जित्ने सुनौलो मौका

काठमाडौं – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...