माइल्ड हाइब्रिड सिस्टमसंगै इन्धन किफायती बनेर आयो टोयोटा फर्चूनर
टोयोटाको लोकप्रिय एसयूभी फर्चुनर हाईब्रिड भर्सनमा आएको छ । टोयोटाले...
टोयोटाले चाँडै नै मारुती सुजुकीसँग साझेदारीमा मिड साइज एसयूभी सेगमेन्टमा नयाँ अर्बन क्रुजर हाइडर लन्च गर्ने भएको छ । सो मिड साइज एसयूभीका ५ वटा विशेषताहरु यस्ता छन्, जसले यसलाई सेगमेन्टमै नम्बर १ एसयूभी बनाएको छ ।
नयाँ एसयूभीको डिजाइन निकै राम्रो छ र यसमा स्लिक हेडलाइट, हेडलाइट भन्दा माथि ठुलो फ्रन्ट ग्रिल र डीआरएल छ । नयाँ अर्बन क्रुजर हाइराइडर मारुती सुजुकी ग्रान्ड भिटारा भन्दा अलि लामो छ । यो हाइराइडरको नियो ड्राइभ भेरिएन्ट जस्तै छ ।
नयाँ एसयूभीमा १.५ लिटर ३ सिलिन्डर हाइब्रिड पेट्रोल इन्जिन रहेको छ । यसलाई १७७.६ भी लिथियम आयन ब्याट्री र इन्जिनलाई ईसीभीटी गियरबक्ससँग जोडिएको छ । सो एसयूभीले २७.९७ किमी माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
टोयोटा अर्बन क्रुजर हाइराइडर टु ह्विल ड्राइभ एसयूभी हुनेछ, जुन रियर ह्विल ड्राइभ सिस्टममा आउनेछ । नयाँ एसयूभी ३ हाई एन्ड ट्रिममा पेश गरिएको छ । हाइराइडरमा स्मार्टफोन कनेक्टिभिटी, नेभिगेसन, इलेक्ट्रिक सनरुफ, वायरलेस फोन चार्जिङ, कनेक्टेड कार टेक्नोलोजी, क्रुज कन्ट्रोल र ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर समावेश छ ।
सेफ्टीका लागि सो एसयूभीमा ईबीडीसहितको एबीएस, ६ एयरब्याग, रिभर्स पार्किङ क्यामेरा, भेइकल स्ट्याबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, रियर पार्किङ सेन्सर, आइसोफिक्स चाइल्ड सिट एन्कर जस्ता फिचर उपलब्ध छ ।
टोयोटाको लोकप्रिय एसयूभी फर्चुनर हाईब्रिड भर्सनमा आएको छ । टोयोटाले...
काठमाडौं । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल...
भारतको छत्तीसगढ स्टेट कन्ज्युमर कमिशनले टोयोटा किर्लोस्कर मोटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...