यस्ता ५ विशेषता छन् भारतमा आउँदै गरेको टेस्ला मोडल ३ मा

टेस्ला भारतमा परिचालन सुरु गर्नको लागि तयारी अवस्थामा रहेको छ । अमेरिकी इलेक्ट्रिक साधन निर्माता कम्पनीले हालै बैंगलुरुमा कार्यालय रजिस्टर गरेको छ । केन्द्रिय मन्त्री नितिन गडकरीले पहिला नै टेस्ला २०२१ को सुरुवातमा परिचालन सुरु गर्ने घोषणा गरेका थिए ।

यदि कम्पनीलाई भारतीय बजारमा राम्रो प्रतिक्रिया मिलेमा स्थानीय स्तरमा निर्माण सुरु गर्ने घोषणा गरेको छ । टेस्ला मोडल ३ भारतमा टेस्लाको पहिलो इलेक्ट्रिक कारको रुपमा प्रस्तुत गरिनेछ । साथै सो कार २०२१ मा लन्च गर्ने सम्भावना रहेको छ । सो कारको मुख्य ५ विशेषता यस्ता छन् ।

डिजाइन
डिजाइनको कुरा गर्ने हो भने मोडल ३ मोडल एस समान रहेको छ तर आकारमा अलि सानो रहेको छ । कारमा १८ इन्चको अलोय ह्वील अप्सनको साथमा सिल्हुट पनि देख्न सकिन्छ । कारमा फ्लश डोर ह्यान्डलर, विन्डसिल्ड देखि रियर स्पोइलरसम्म ग्लास रुफ रहेको छ । यद्यपि परफर्मेन्स भेरिएन्टमा पिरेली पी जीरो परफर्मेन्स रबरको साथ २० इन्चको ठूलो अर्बनटर्बान ह्वील, परफर्मेन्स ब्रेक, कार्बन फाइबर रियर स्पोइलर, लोअर सस्पेन्सन र स्पोर्टी आल्मुनियम अलोय प्याडल समावेश रहेको छ ।

फिचर
टेस्ला मोडल ३ मा १५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १२ पावर एडजस्टेबल फ्रन्ट र रियर हिटेड सिट, १४ स्पिकर अडियो सिस्टम, एक सबवुफर र २ एम्प्स, यूभी र इन्फ्रारेड प्रोटेक्सन, पावर फोल्डिङ, अटो डिमिङ र हिटेड साइड मिरर, ४ यूएसबी–सी पोर्ट र २ वायरलेस चार्जिङ पोर्टको साथमा टिन्टेड ग्लासरुफ जस्ता फिचर रहेको छ ।

अटो पाइलट
अटो पाइलट टेस्ला कार आफ्नो लेनमा अटोमेटिक रुपमा चल्छ । तीव्र गतिमा कार चलाउन र ब्रेक लगाउन सक्षम बनाउँछ । अटो पाइलट सिस्टम कार अल अटो ड्राइभिङ क्षमताको साथमा नेभिगेट गर्न अतिरिक्त रहेको छ । मोडल ३ उन्नत हार्डवेयरको साथमा स्ट्यान्डर्ड रुपमा पनि उपलब्ध रहेको छ । साथै सो कारलाई भविष्यमा अल अटो ड्राइभिङ क्षमताको लागि पनि तयार पारिएको छ ।

क्षमता
टेस्ला मोडल ३ तीन फरक फरक पावरट्रेन विकल्पको साथमा पेश गरिएको छ । जसमा स्ट्यान्डर्ड प्लस, लङ रेन्ज र परफर्मेन्स समावेश रहेको छ । स्ट्यान्डर्ड प्लस भेरिएन्टमा रियर ह्विल ड्राइभ कन्फिगरेसनको साथमा सिंगल इलेक्ट्रिक मोटर रहेको छ, जसमा ४२३ किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्ने दावी गरेको छ । सो भेरिएन्ट २२५ किलोमिटर प्रति घन्टाको टप स्पिडको साथमा ५.३ सेकेन्डमा ० देखि ६० ९६ किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमता रहेको छ ।

लङ रेन्ज र परफर्मेन्स ट्रिम्समा अल ह्विल ड्राइभ सेटअपको साथमा ड्युअल इलेक्ट्रिक मोटर रहेको छ । लङ रेन्ज भेरिएन्ट अनुमानित ड्राइभिङ ५६८ किलोमिटर र ४.२ सेकेन्डमा ९६ किलोमिटर प्रति घन्टाको स्पिड लिन्छ । सो भेरिएन्टको टप स्पिड २३३ किलोमिटर प्रति घन्टा रहेको छ ।

रेन्ज टपिङ परफर्मेनस एडिसनमा सिंगल चार्जमा ५०७ किलोमिटरको ईपीए अनुमानित रेन्ज रहेको छ । जसको टप स्पिड २६१ किलोमिटर प्रति घन्टा रहेको छ । सो भेरिएन्ट ३.१ सेकेन्डमा ० देखि ९६ किलोमिटर प्रति घन्टको स्पिड लिने क्षमता रहेको छ । भारतमा स्ट्यान्डर्ड प्लस भेरिएन्ट पेश गर्ने सम्भावना रहेको छ ।

सम्भावित लन्च र मूल्य
टेस्ला कम्पनीले मोडल ३ कार भारतमा यही वर्ष लन्च गर्ने सम्भावना रहेको छ । कम्पनीले आउने महिनामा सो कारको बुकिङ पनि सुरु गर्नेछ । टेस्ला मोडल ३ भारतमा सीबीयूको रुपमा आयात गरिनेछ । सो कारको मूल्य ६० लाख भारु एक्स शोरुम मूल्य हुने अनुमान गरिएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...