जेनेसिसको नयाँ विद्युतीय एसयूभीमा विश्वमै पहिलोपटक रूफ एयरब्यागको प्रयोग
काठमाडौं–हुन्डाई मोटर समूहको विलासी ब्रान्ड जेनेसिसले आफ्नो नयाँ र...
हुन्डाई मोटर्स इन्डियाले हालसालै नयाँ भरना लन्च गरेको छ । छैँठौ जेनेरेसनको यो सेडान कार हाइटेक फिचरका कारण चर्चामा रहँदै आएको छ । शुरुवाती मूल्य १० लाख ९० हजार भारुमा लन्च भएको भरनालाई हुन्डाईले ‘फिचर–रिच’ कार भनेपनि केही महत्वपूर्ण फिचर भने छुटेको भान हुन्छ । यो नयाँ कारमा छुटेका पाँच फिचर यसप्रकार छन् ।
डिजेल एवं हाइब्रिड पावरट्रेन
भरनाको यसअघिको जेनेरेसन डिजेल इन्जिनमा समेत उपलब्ध रहँदै आएको थियो । यो सेग्मेन्टमा एकमात्र डिजेल इन्जिन कारका रुपमा परिचित भरना अव भने पेट्रेल इन्जिनमा मात्र उपलब्ध हुनेछ । साथै अहिले अधिकांश अटो उत्पादकले नयाँ जेनेरेसनलाई हाइब्रिड इन्जिनमा समेत उतारिरहेको सन्दर्भमा भरनामा भने यो इन्जिनको विकल्प दिइएको छैन ।
टप भेरिएन्टमा वायरलेस कनेक्टिभिटी
हुन्डाईले लो भेरिएन्ट भरनामा उपलब्ध ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा वायरलेस कनेक्टिभिटीको सुविधा दिएपनि टप भेरिएन्टमा भने यस्तो सुविधा दिएको छैन । जसका कारण यसको टप भेरिएन्टमा उपलब्ध १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुँदैन । यद्यपि हुन्डाईले छिट्टै अपडेट गर्न लागेका कारण यो भेरिएन्टमा पनि यस्तो फिचर उपलब्ध हुने अनुमान गरिएको छ ।
फगलाइट र रेन–सेन्सिङ वाइपर
नयाँ भरनामा छुटेको अर्को महत्वपूर्ण फिचर हो फगलाइट र रेन–सेन्सिङ वाइपर । यो नयाँ कारमा हुन्डाईले स्प्लिट हेटल्याम्प सेटअप दिएको कारण वोनेटको एक कुनादेखि अर्को कुनासम्मै डे टाइम रनिङ एलईडी फैलिएको छ भने बम्परसँगै हेडल्याम्प राखिएको छ ।
८वे पावर ड्राइभर सिट
हुन्डाईले यो नयाँ कारमा पावर ड्राइभर सिट त दिएको छ तर यसलाई ४वे बाटमात्रै एड्जस्ट गर्न मिल्छ । फिचर–रिच भनिएको कारमा हुन्डाईले किन ८वे पावर ड्राइभर सिट दिएन भनेर प्रश्न गर्न सकिने स्थान दिएको छ । साथै यसको ड्राइभर सिटलाई पनि म्यानुअल्ली मात्र एड्जस्ट गर्न मिल्छ ।
३६० डिग्री क्यामेरा
लेभल२ एडीएएस फिचर दिइएको नयाँ भरनामा ३६० डिग्री पार्किङ क्यामेरा भने छुटेको छ । यो फिचर छुटेपनि अन्य प्रशस्तै सेफ्टी फिचरका कारण नयाँ भरना सेग्मेन्टमै अब्बल रहेको दावी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...