विभिन्न राजमार्गमा सडक अवरोध, वर्षाले यातायात प्रभावित
काठमाडौँ- वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध...
सडक सञ्जाल कुनै पनि देशको भौतिक पूर्वाधार तथा आर्थिक समृद्धिको मेरुदण्ड हो । मानिसहरूको दैनिक आवागमनदेखि लिएर वस्तुहरूको ढुवानी र सेवा सञ्चालनसम्म सडक प्रणालीको प्रभाव गहिरो हुन्छ। अमेरिकाका पूर्व राष्ट्रपति जोन एफ. केनेडीले अमेरिका धनी भएकोले अमेरिकाका सडकहरू राम्रा भएको होइन, तर अमेरिकी सडक राम्रा भएकाले धनी भएको भन्ने सन्देश दिएका थिए ।
हालै सार्वजनिक एक तथ्याङ्क अनुसार विश्वभर सडक सञ्जालको लम्बाइको आधारमा शीर्ष पाँच देशको सूची यस्तो रहेको छ:
अमेरिका : अमेरिका विश्वको सबैभन्दा ठूलो सडक सञ्जालको स्वामित्व भएको देश हो, जहाँ लगभग ६८ लाख किलोमिटर लामो सडकहरू छन्। यहाँको पान अमेरिका राजमार्ग लगभग ३० हजार किलोमिटर लामो छ । यो विश्वको सबैभन्दा लामो राजमार्ग हो र १४ विभिन्न देशहरूमा फैलिएको छ।
भारत : भारत यस सूचीमा दोस्रो स्थानमा छ । भारतमा ६३.७ लाख किलोमिटरको सडक सञ्जाल छ। यहाँको राष्ट्रिय राजमार्ग ४४ हो, जुन लगभग ३ हजार ७४५ किलोमिटर लामो छ र कश्मीरदेखि कन्याकुमारीसम्म फैलिएको छ । दिल्ली-मुम्बई एक्सप्रेसवेको लम्बाइ १ हजार २०० किलोमिटर छ । यसले दिल्ली र मुम्बई बीचको दूरीलाई केवल १२ घण्टामा पूरा गर्न सक्छ ।
चीन : चीन यस सूचीमा तेस्रो स्थानमा छ । चीनको सडक सञ्जाल ५३ लाख किलोमिटर लामो छ । यहाँको जी२१९ राजमार्ग लगभग १० हजार किलोमिटर लामो छ । यो सडकले चीनको महत्त्वपूर्ण क्षेत्रलाई जोड्छ।
ब्राजिल : चौथो स्थानमा ब्राजिलको नाम आउँछ । यहाँको सडक सञ्जालको कुल लम्बाइ २० लाख किलोमिटर छ । यहाँका सडकहरू अमेजनको घना जंगलदेखि शहरसम्म फैलिएको छ, जसले भौगोलिक विविधतामा कनेक्टिभिटी कायम राख्न मद्दत गर्छ।
रुस : रुस यस सूचिमा पाँचौं नम्बरमा छ, जहाँको सडक सञ्जाल १३ लाख किलोमिटर छ। यस सञ्जालले रूसको विशाल भूभागलाई जोड्न महत्त्वपूर्ण भूमिका खेल्छ।
सडक सञ्जालको विकासले देशको आर्थिक र सामाजिक प्रगतिको लागि महत्वपूर्ण योगदान पुर्याउँछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...