बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
एसयूभी सेगमेन्टका गाडी केही वर्ष देखि बजारमा लोकप्रिय बन्दै छन् । एसयूभीको लोकप्रियतालाई ध्यानमा राखेर विभिन्न कम्पनी ग्राहकलाई नयाँ नयाँ फिचर सहितको कार लन्च गर्ने तयारीमा रहेका छन् । हाल बजारमा एसयूभी सेगमेन्टमा कैयौ विकल्प रहेको छ ।
यद्यपि एसयूभी सेगमेन्टका गाडी केही महंगा भने हुन्छन् । तर यो वर्ष सस्ता एसयूभी समेत बजारमा आउने सम्भावना देखिएको छ । भारतीय बजारमा आए पश्चात यी एसयूभी नेपाली बजारमा समेत आउने अनुमान गरिएको छ ।
रेनो काइगर
रेनो काइगर सीएमएफ एप्लस मोड्युलर प्लेटफर्ममा आधारित हुनेछ । जसमा निसान म्याग्नाइटमा जस्तै १.० लिटर नेचुरली एस्पिरेटेड पेट्रोल र १.० लिटर टर्बाे पेट्रोल इन्जिन समावेश गरिएको छ । रिपोर्टका अनुसार काइगर आफ्नो प्रतिस्पर्धीको तुलनामा सस्तो हुनेछ ।
टाटा एचबीएक्स
टाटाले एचबीएक्स एसयूभीको कन्सेप्ट २०२० अटो एक्सपोमा शोकेस गरेको थियो । जसलाई एचबीएक्स कोडनेम दिइएको थियो । सो कार परीक्षणको समयमा धेरै पटक स्पोट गरिएको थियो । रिपोर्टका अनुसार अप्रिल वा मेमा हर्नबिल नामले सो कार लन्च गरिनेछ । कारमा स्मार्टफोन कनेक्टिभिटी, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी डिआरएलको साथ स्प्लिट हेडल्याम्प र हरमन सोर्स अडियो सिस्टम समावेश गरिएको छ ।
हुन्डाई एएक्स
हुन्डाईले पनि सब फोर मिटर एसयूभीमा काम गरिरहेको छ । यसलाई एएक्स१ कोडनेम दिइएको छ । सो कार परीक्षणको समयमा देखा परेको थियो । रिपोर्टका अनुसार सो कार स्यान्ट्रो जस्तै के१ प्लेटफर्म र हुन्डाईको फेशन डिजाइनको साथमा लन्च गरिनेछ । सो कार १.० लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन, ५ स्पिड म्यानुअल र अप्शन अटोमेटिक ट्रान्समिशनको साथमा उपलब्ध हुनेछ ।
सिट्रोन सी३
सी–क्यूब्ड प्रोग्राम जस्तै भारतीय बजारमा सिट्रोनको पहिलो प्रोडक्ट सी३ हुनेछ । यद्यपि सो कार भन्दा पहिला सी५ एयरक्रस भारतमा लन्च गरिनेछ । सी३ गएको वर्ष परीक्षणको समयमा देखा परेको थियो । साथै ६ महिना पछि सो कार लन्च गर्ने सम्भावना रहेको छ । सी३ कम्पनीको सीएमपी प्लेटफर्ममा आधारित हुनेछ । सो कार १.२ लिटर, ३ सिलिन्डर प्योरटेक पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । अन्य सिट्रोन मोडलमा जस्तै सी३ कर्वी बडी डिजाइन र स्पोर्टी एक्सटेरियर समावेश हुनेछ । सब फोर मिटर एसयूभीमा एलईडी डिआरएल रहेको स्प्लिट हेडल्याम्प उपलब्ध हुनेछ ।
फोर्ड इकोस्पोर्ट फेसलिफ्ट
फोर्ड इकोस्पोर्ट भारतको सबैभन्दा पुरानो सब फोर मिटर एसयूभी मध्ये एक हो । यद्यपि सो एसयूभीको नयाँ जेनेरेशन अपडेट गरिएको छैन । कम्पनीले हाल सो कारको फेसलिफ्टमा काम गरिरहेको छ । जसलाई चाँडै लन्च गरिनेछ । रिपोर्टका अनुसार सो कारमा ग्रिलको साथमा स्पोर्ट फ्रन्ट बम्पर र री स्टाइल हेडल्याम्प सहित ३६० डिग्री क्यामेरा जस्ता फिचर समावेश गरिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...