यस्ता छन् विश्वको पहिलो सोलार पावर्ड हम्बल वान इलेक्ट्रिक एसयूभीका ५ विशेषता

अटोमोबाइल क्षेत्रले पेट्रोल र डिजेल भन्दा सस्तो विकल्पको रुपमा इलेक्ट्रिक भेइिकलमा जोड दिइरहेको छ । क्यालिफोर्नियाको स्टार्टअप कम्पनी हम्बल मोटरले एउटा विकल्प प्रस्तुत गरेको छ । कम्पनीले सोलार पावरबाट चल्ने इलेक्ट्रिक भेइकल कन्सेप्ट कार सार्वजनिक गरेको छ, जसले हाल निकै नै चर्चा पाइरहेको छ ।

विश्वको पहिलो सोलार पावर्ड भेइकल
हम्बल वान विश्वको पहिलो सोलार पावर्ड भेइकल होइन । यो भन्दा पहिला हुन्डाई सोनाटा र कर्मा रिभेरोमा यो प्रविधि देखिएको छ । यद्यपि यो एसयूभीको छतमा सोलार प्यानल भएको पहिलो कार हुनेछ । कम्पनीका अनुसार सो एसयूभीमा सोलार प्यानलबाट कारको व्याट्री चार्ज हुनुका साथै राम्रो ड्राइभिङ रेन्ज प्रदान गर्छ ।

डिजाइन
सो एसयूभीको डिजाइन केही हदसम्म क्रसओभर मोडल जस्तो देखिन्छ । यसको रुफ र विन्डोमा ८० वर्गफुटको सोलार प्यानल जडान गरिएको छ । जसले कारको व्याट्रीलाई चार्ज गर्न मदत गर्छ । रिपोर्ट अनुसार सोलार प्यानलको चार्जिङबाट कार ड्राइभ गरेमा प्रतिदिन ९६ किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्छ ।

टेस्ला कार भन्दा हल्का
राम्रो माइलेजको लागि हम्बल वान कारको तौललाई पनि कम्पनीले विशेष ध्यान दिएको छ । सो कारको कुल वजन १८१४ किलोग्राम रहेको छ । सो कार टेस्ला मोडल एस भन्दा ३४८ किलोग्राम हल्का रहेको छ । इन्टरनल व्याट्रीमा सो एसयूभीले सिंगल चार्जमा करिब ८०० किलोमिटरसम्म ड्राइभिङ रेन्ज प्रदान गर्छ । सो एसयूभीको पिकअप पनि टेस्ला भन्दा उत्कृष्ट रहेको छ ।

स्पेस
सो एसयूभीमा बस्नका लागि निकै ठूलो स्पेस रहेको छ । सो एसयूभीमा कुल ५ जना बस्न सकिन्छ । यसमा ८० वर्गफुटको फोटोभोल्टिक सोलार सेल्स जडान गरिएको छ । यसको लम्बाइृ १९८ इन्च रहेको छ । रिपोर्ट अनुसार सो इलेक्ट्रिक मोटरले १०२० एचपीसम्मको पावर जेनेरेट गर्छ । सो कारको टप स्पिड २६० किलोमिटर प्रति घन्टा रहेको छ । यसको साथै सो एसयूभी २.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमता रहेको छ ।

एसयूभीको मूल्य र लन्चिङ समय
हालसम्म हम्बल मोटरले सो एसयूभीमा प्रयोग गरिएको टेक्नोलोजीको बारेमा जानकारी दिएको छैन । लन्चिङ भन्दा पहिला सो एसयूभीको मूल्यको बारेमा भन्न गाह्रो छ । अटो एक्सपर्टका अनुसार सो कारको मूल्य १ लाख ९ हजार डलर हुने अनुमान गरिएको छ । सो कारको बकिङ सुरु भइसकेको छ । सो कारको डेलिभरी २०२४ देखि सुरु हुनेछ ।

सम्बन्धित समाचारहरू

सीएफमोटोका पावरफुल इलेक्ट्रिक स्कुटर नेपाल आउने, केही दिनमै बिक्री प्रारम्भ गरिने

सीएफमोटोका पावरफुल इलेक्ट्रिक स्कुटर नेपाल आउने, केही दिनमै बिक्री प्रारम्भ गरिने

काठमाडौं – नेपाली बजारमा सीएफमोटो ब्रान्ड अन्तर्गतको इलेक्ट्रिक स्कुटर...

अटो पाइलट मोडमा गुडाएर टेस्ला चालक मस्त निदाएपछि

अटो पाइलट मोडमा गुडाएर टेस्ला चालक मस्त निदाएपछि

जर्मनीमा एक जना टेस्ला चालकलाई अटो पाइलट मोडमा गाडी गुडाएर मस्त निदाएको...

चैत महिना सम्म ईभी आयातमा १० प्रतिशत कमी, पेट्रोलियम पदार्थबाट चल्ने कारको आयातमा छलाङ

चैत महिना सम्म ईभी आयातमा १० प्रतिशत कमी, पेट्रोलियम पदार्थबाट चल्ने कारको आयातमा छलाङ

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अर्थात चैत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...