भाटभटेनीले सञ्चालनमा ल्यायो ११ तलामा ४४ गाडी पार्किङ गर्न सकिने नेपालकै पहिलो स्मार्ट पार्किङ

काठमाडौं – भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा आज देखि नेपालकै पहिलो स्मार्ट पार्किङ सञ्चालनमा आएको छ ।

भारतको ओमेगा इन्जिनियरिङले निर्माण गरेको स्मार्ट पार्किङ २५ मिटर अग्लो छ । यसमा एकै पटक ४४ गाडी पार्किङ गर्न सकिने छ । ११ तलाको भर्टिकल पार्किङमा चारवटा भर्टिकल रहेकोमा एउटा भर्टिकलमा ११ वटा गाडी अट्नेछ । एउटा भर्टिकलमा चार वटा गाडी राख्ने लेन रहेकाले ४४ वटा गाडी ११ तलासम्म पार्किङ गर्न सकिने भाटभटेनी सुपरमार्केटले जनाएको छ । भर्टिकल पार्किङको लागत फिनिसिङसहित करिब सात करोड रुपैयाँ परेको भाटभटेनी सुपरमार्केट स्रोतले जनाएको छ ।

गाडीलाई पार्किङको तल्लो भागमा पु-याए पछि स्वचालित रुपमा माथिल्लो तलामा गएर बस्ने छन् भने तल लिनका लागि कार्ड स्वाइप गरे पुग्ने छ ।

पार्किङका लागि विभिन्न प्रविधि उपलब्ध रहेकोमा भाटभटेनीमा निर्माणाधीन सो पार्किङका लागि भर्टिकल लिफ्टिङ पार्किङ सिस्टम अर्थात टावर पार्किङको प्रयोग गरिएको निर्माता कम्पनी ओमेगा इन्जिनियरिङका हेड अफ अपरेसन पार्थ भट्टाचार्यले बताए । उनका अनुसार कार पार्किङ गर्न आउने ग्राहकलाई एउटा कार्ड उपलब्ध गराइने छ । सोही कार्डमार्फत नै गाडीलाई पार्किङ गर्ने र फेरि निकाल्नका लागि आवश्यक कार्य गरिने छ ।

भारतका विभिन्न स्थानमा यस्ता भर्टिकल पार्किङ निर्माण गरिसकेको ओमेगा इन्जिनियरिङले नेपालमा भने पहिलो पटक यस्तो प्रविधिको पार्किङ निर्माण गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

समुद्रको पानीबाट ब्याट्री निर्माण गरिने, कम मूल्यमा २ हजार किमी रेन्ज दिने

समुद्रको पानीबाट ब्याट्री निर्माण गरिने, कम मूल्यमा २ हजार किमी रेन्ज दिने

बजारमा उपलब्ध इलेक्ट्रिक सवारी साधनको सबैभन्दा ठूलो समस्या भनेको मूल्य र...

सञ्चालनमा आयो नयाँ दमकल, महानगरपालिका प्रमुख साहद्वारा गरियो हस्तान्तरण

सञ्चालनमा आयो नयाँ दमकल, महानगरपालिका प्रमुख साहद्वारा गरियो हस्तान्तरण

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले...

सहारा इन्टरनेसनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी  शोरूमको भ्रमण

सहारा इन्टरनेसनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण

काठमाडौं – नेपाली अटोमोबाइल क्षेत्रको उदयीमान ब्रान्ड नामीले आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...