तीन महिनामा नेपाल भित्रियो ७०५ युनिट इलेक्ट्रिक कार, सवैभन्दा बढी भारतबाट
चालु आर्थिक वर्षको तीन महिनामा ७०५ युनिट इलेक्ट्रिक कार नेपाल भित्रिएका...
काठमाडौं – भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा आज देखि नेपालकै पहिलो स्मार्ट पार्किङ सञ्चालनमा आएको छ ।
भारतको ओमेगा इन्जिनियरिङले निर्माण गरेको स्मार्ट पार्किङ २५ मिटर अग्लो छ । यसमा एकै पटक ४४ गाडी पार्किङ गर्न सकिने छ । ११ तलाको भर्टिकल पार्किङमा चारवटा भर्टिकल रहेकोमा एउटा भर्टिकलमा ११ वटा गाडी अट्नेछ । एउटा भर्टिकलमा चार वटा गाडी राख्ने लेन रहेकाले ४४ वटा गाडी ११ तलासम्म पार्किङ गर्न सकिने भाटभटेनी सुपरमार्केटले जनाएको छ । भर्टिकल पार्किङको लागत फिनिसिङसहित करिब सात करोड रुपैयाँ परेको भाटभटेनी सुपरमार्केट स्रोतले जनाएको छ ।
गाडीलाई पार्किङको तल्लो भागमा पु-याए पछि स्वचालित रुपमा माथिल्लो तलामा गएर बस्ने छन् भने तल लिनका लागि कार्ड स्वाइप गरे पुग्ने छ ।
पार्किङका लागि विभिन्न प्रविधि उपलब्ध रहेकोमा भाटभटेनीमा निर्माणाधीन सो पार्किङका लागि भर्टिकल लिफ्टिङ पार्किङ सिस्टम अर्थात टावर पार्किङको प्रयोग गरिएको निर्माता कम्पनी ओमेगा इन्जिनियरिङका हेड अफ अपरेसन पार्थ भट्टाचार्यले बताए । उनका अनुसार कार पार्किङ गर्न आउने ग्राहकलाई एउटा कार्ड उपलब्ध गराइने छ । सोही कार्डमार्फत नै गाडीलाई पार्किङ गर्ने र फेरि निकाल्नका लागि आवश्यक कार्य गरिने छ ।
भारतका विभिन्न स्थानमा यस्ता भर्टिकल पार्किङ निर्माण गरिसकेको ओमेगा इन्जिनियरिङले नेपालमा भने पहिलो पटक यस्तो प्रविधिको पार्किङ निर्माण गरेको बताएको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा ७०५ युनिट इलेक्ट्रिक कार नेपाल भित्रिएका...
वीरगन्ज – नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लु...
काठमाडौं – नेपाली बजारमा विगत ३० वर्ष देखि परिचित बज्र ग्रुप अन्तर्गतको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...