५० हजार सदस्य पुगेको उपलक्ष्यमा एनटर्कियन राइड सम्पन्न

काठमाडौं – टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्कियनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको छ । उक्त शनिबार नक्सालको टीभीएस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म भएको थियो । राइडको बीचमा महालक्ष्मीस्थान, कौशलटार र भक्तपुरका टीभीएस शोरुमहरुका विव्रmेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो ।

भेन्युमा पुगे लगत्तै आर्टिस्ट रोजिलिन श्रेष्ठ सँगको लाइभ म्युजिक, मनोरञ्जक खेलहरु र सहभागीहरुसँग एक अन्तरक्रियात्मक सत्रको पनिआयोजना गरिएको थियो । यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएका मध्ये चुनिएका एनटर्कियनहरुलाई एकै ठाउँमा ल्याउने र एक एन टर्किएयक्लबको गठन गर्नु भएको कम्पनीको भनाइ छ । यसले सबै राइडरहरुलाई एकअर्कासँग जुट्नका लागि र आफ्नो एनटर्कियन अनुभव एक अर्कासँग बाडँ्न मद्दत गरेको छ ।

लाइसेन्स भएका सबै एनटर्कियनहरुले जगदम्बा मोटर्स टीभीएसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर उक्त सेलिब्रेसन राइडमा भाग लिएका थिए । यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अप्नाएर र नेपाल सरकारको अनुमति लिएर आयोजना गरिएको बताइएको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल ५० हजार सदस्यहरु टीभीएस परिवारमा जोडिएकोमा खुसी व्यक्त गर्दै बधाइ दिनुका साथै ग्राहकहरुलाई सधै उच्च स्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध भएको बताए ।

सन् २०१८ मा टीभीस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो ।

सम्बन्धित समाचारहरू

१२५ सीसी सेग्मेन्टमा टीभीएस रेडरको बजार कस्तो रहला : तुलनात्मक विश्लेषण

१२५ सीसी सेग्मेन्टमा टीभीएस रेडरको बजार कस्तो रहला : तुलनात्मक विश्लेषण

विशेषतः प्रौढ उमेर समूहका उपभोक्ताले बढी मात्रामा रुचाउँदै आइरहेको १२५...

सप्तरंग ३ का कलाकारद्वारा भरतपुरमा ‘टीभीएस रेडर’  मोटरसाइकल सार्वजनिक

सप्तरंग ३ का कलाकारद्वारा भरतपुरमा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

भरतपुर – शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले चितवनको...

भृकुटीमण्डपमा शुरु भयो टीभीएसको ग्रान्ड एक्सचेन्ज, कात्तिक ५ सम्म यस्ता अफर

भृकुटीमण्डपमा शुरु भयो टीभीएसको ग्रान्ड एक्सचेन्ज, कात्तिक ५ सम्म यस्ता अफर

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...