भारतमा मेड इन इन्डिया हाइड्रोजन फ्युल बस सुरु

भारतमा पहिलो पटक स्वदेशी रूपमा विकसित हाइड्रोजन फ्युल सेल बसको उद्घाटन गरिएको छ । यो बस वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् र निजी फर्म केपीआईटी लिमिटेडले बनाएको हो र यसलाई पुणेमा प्रदर्शन गरिएको थियो ।

भारतको केन्द्रीय विज्ञान तथा प्रविधि राज्यमन्त्रीले प्रधानमन्त्री मोदीको हाइड्रोजन भिजन भारतलाई आत्मनिर्भर र सुलभ स्वच्छ ऊर्जा सुनिश्चित गर्न, जलवायु परिवर्तनका लक्ष्य पूरा गर्नका साथै नयाँ व्यवसाय र रोजगारी सिर्जना गर्न महत्वपूर्ण रहेको बताएका छन् । उनले भने, ‘ग्रीन हाइड्रोजन उत्कृष्ट स्वच्छ ऊर्जा भेक्टर हो जसले प्रशोधन उद्योग, मल उद्योग, स्टिल उद्योग, सिमेन्ट उद्योग र भारी व्यावसायिक यातायात क्षेत्रलाई डिकार्बोनाइज गर्न पूर्ण रूपमा सक्षम छ ।’

बस चलाउनको लागि फ्युल सेलले हाइड्रोजन र हावा प्रयोग गरी बिजुली उत्पादन गर्ने र बसबाट पानी मात्र निस्कने सिंहले बताए । त्यसैले यो सम्भवतः यातायातको सबैभन्दा पर्यावरण अनुकूल मोड हुनेछ । लामो दूरीको रुटमा चल्ने डिजेल बसले वार्षिक रूपमा १०० टन कार्बन डाइअक्साइड उत्सर्जन गर्छ ।

डिजेलमा चल्ने ट्रकको तुलनामा हाइड्रोजन फ्युल सेल ट्रकको सञ्चालन लागत कम हुने गर्छ । हाइड्रोजन इन्धन सेल वाहनले सहरी क्षेत्रमा उत्सर्जन हटाउन उत्कृष्ट माध्यम प्रदान गर्दछ ।

सम्बन्धित समाचारहरू

यस्तो छ चाइनिज मोबाइल फोन कम्पनी शाओमीले ल्याएको नयाँ इलेक्ट्रिक स्कुटर

यस्तो छ चाइनिज मोबाइल फोन कम्पनी शाओमीले ल्याएको नयाँ इलेक्ट्रिक स्कुटर

चीनको प्रसिद्ध मोबाइल फोन निर्माता कम्पनी शाओमीले स्कुटर, गेमिङ मोनिटर र...

नेपालगञ्जमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम, दाङमा सुरु गरियो बिक्री

नेपालगञ्जमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम, दाङमा सुरु गरियो बिक्री

नेपालगञ्ज – नेपालगञ्जमा प्रिमियम चाइनिज ब्रान्ड बीवाईडीका विद्युतीय...

नाडा अटो शो २०२५ मा दिपलको धमाका : ६०० भन्दा बढी ईभी बुकिङ

नाडा अटो शो २०२५ मा दिपलको धमाका : ६०० भन्दा बढी ईभी बुकिङ

काठमाडौं – विद्युतीय गाडी (ईभी) ब्रान्ड दिपलले हालै सम्पन्न नाडा अटो शो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...