टोयोटा इनोभा अब इलेक्ट्रिक भर्सनमा आउने, यस्तो हुनेछ फिचर
टोयोटाले चाँडै आफ्नो लोकप्रिय एसयूभी इनोभाको इलेक्ट्रिक भेरिएन्ट लन्च...
टोयोटा किर्लोस्करले भारतमा पहिलो हाइड्रोजन इलेक्ट्रिक कार मिराई सार्वजनिक गरेको छ । टोयोटा मिराई एफसीईभी विश्वको पहिलो हाइड्रोजन फ्युल सेल इलेक्ट्रिक कार मध्ये एक हो र यो शुद्ध हाइड्रोजनबाट बनेको इलेक्ट्रिक कार हो ।
टोयोटा मिराईले टेलपाइपबाट पानीको मात्र उत्सर्जन गर्ने हुनाले यसलाई शून्य उत्सर्जन कार मानिन्छ । टोयोटाले यसलाई इन्टरनेसनल सेन्टर फर अटोमोटिभ टेक्नोलोजीको साथ भारतमा पाइलट प्रोजेक्टको एक हिस्साको रूपमा लन्च गरेको हो ।
टोयोटा मिराई एफसीईभी कर्नाटकको टोयोटा किर्लोस्कर मोटर्सको प्लान्टमा निर्माण गरिने जनाइएको छ । यसलाई सन् २०२० को डिसेम्बरमा पहिलो पटक विश्वसामु पेश गरिएको थियो । यो फुल ट्याङ्कीमा ६४६ किलोमिटरसम्म चल्ने दाबी गरिएको छ ।
कम्पनीले पेट्रोल र डिजेलको माग घटाउन र प्रदूषण रोक्न यो पाइलट प्रोजेक्ट सुरु गरेको हो । यसका लागि भारत सरकारले इलेक्ट्रिक सवारी साधनको साथै पेट्रोल र डिजेलको समाधानका लागि हाइड्रोजन फ्युल बिक्रीलाई पनि जोड दिइरहेको छ । यो पाइलट प्रोजेक्टमा सडक र हावामा सवारी चलाएर मिराईको परीक्षण गरिनेछ ।
टोयोटा मिराई एफसीईभी सेडानमा उच्च प्रेशर हाइड्रोजन फ्युल ट्याङ्की र इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । यसको इन्जिनले पानी र अक्सिजनलाई हाइड्रोजनबाट अलग गर्छ र त्यसबाट ऊर्जा परिवर्तन गर्छ । यो कारले ग्याँसको सट्टामा साइलेन्सरबाट पानीलाई निकाल्छ ।
टोयोटाले चाँडै आफ्नो लोकप्रिय एसयूभी इनोभाको इलेक्ट्रिक भेरिएन्ट लन्च...
टोयोटाले नयाँ जेनेरेसन ग्लान्जा लन्च गरेको छ । नयाँ टोयोटा ग्लान्जा...
भारतमा प्लान्ट स्थापना गरी सवारीसाधन उत्पादन गरिरहेका केही बहुराष्ट्रिय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...