नयाँ बजाज पल्सर आरएस २०० मा गुगल म्याप्स मिररिङदेखि क्विकशिफ्टर सम्मका अपडेट
बजाजले पल्सर आरएस २०० नयाँ फिचरसहित अपडेट गरेको छ। नयाँ मोडलमा ५ इन्चको...
काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कम्पनीको पहिलो हाइब्रिड एसयूभीको रुपमा किया सोरेन्टोलाई नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।
कम्पनीले ‘द लार्जेस्ट हाइब्रिड एसयूभी’ को रुपमा ७ सिटर एसयूभी सोरेन्टोलाई नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ ।
२०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टीजीडीआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री छ, जसले गर्दा २०२१ सोरेन्टोलाई जुनसुकै कठिन भूभागमा लैजान सकिनुका साथै वातावरणमैत्री भविष्य निर्माणमा समेत सहयोग पु-याउने छ ।
यो गाडीमा हाइब्रिड मोटर हुन्छ, जसले फुल गियरबक्समा सिफ्ट बाई वायरको प्रयोगले टीएमईडी स्ट्रक्चरमा आधारित प्यारालल ड्राइभ सिस्टमको प्रयोग गर्छ । यसको अद्वितीय पावर मात्र होइन, फुल ट्यांकमा १०५४ किलोमिटर सम्मको माइलेज दिने अद्वितीय फ्युल ट्यांक माइलेज समेत दिन्छ ।

नयाँ किया सोरेन्टोले आवश्यकता अनुसार इलेक्ट्रिक मोटर वा टीजीडीआई पेट्रोल इन्जिनको प्रयोग गर्छ । सुरुमा किया सोरेन्टोले २५ किलोमिटर प्रतिघन्टा दौडिन विद्युतीय मोटर प्रयोग गर्छ, त्यसपछि टीजीडीआई पेट्रोल इन्जिनले यसलाई अघि बढाउँछ। गति बढाउँदा यसले पावर स्प्लिट ट्रान्समिसनमार्फत विद्युतीय मोटर र टीजीडीआई पेट्रोल इन्जिन दुवै प्रयोग गर्छ।
सोरेन्टो हाइब्रिडलाई नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो गरी विभिन्न ड्राइभ मोडमा चलाउन सकिन्छ, जसले गर्दा यात्रामा थ्रिलिङ अनुभव गराउछ ।
७ एयरब्यागका साथै यो गाडीमा भएका लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यु मोनिटर, लेन फलोइङ असिस्ट र अन्य धेरै सेफ्टी फिचरले यात्रुलाई भरपुर सुरक्षाको अनुभूति गराउछ ।
इन्जिन र हाइब्रिड प्रविधिले मात्र २०२१ किया सोरेन्टोलाई विशेष बनाएको होइन । यसको इन्टेरियर र एक्सटेरियर पनि उत्तिकै चित्ताकर्षक छ । अघिल्लो भागमा एलईडी लाइटसँग एकीकृत भएको फराकिलो स्विपिङ ग्रिल फिचर स्ट्यानडर्डको रुपमा उपलब्ध हुन्छ । इजी–टु–रिड डिस्प्ले सहितको १२.३ इन्चको अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरले किया सोरेन्टोको स्क्रिनलाई अझै एड्भान्स्ड बनाएको छ । ब्लाइन्ड भ्यु मोनिटर टेक्नोलोजीले इन्स्ट्रयुमेन्ट क्लस्टरले देखाउने भन्दा त्यसको छेउछाउका लेनलाई देखाउछ र टर्न सिग्नल प्रयोग गर्दा एक्टिभेट हुन्छ । नाप्पा लेदर प्रयोग गरिएको इन्टेरियरले यसलाई प्रिमियम बनाएको छ । गाडीमा भएका मुड ल्याम्प, हेड्स अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिट आदिले २०२१ किया सोरेन्टोलाई लक्जरियस एसयूभी बनाउनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

अन्य ठूला एसयूभी जस्तै किया सोरेन्टोले पनि सडकमा आफ्नै फरक पहिचान बनाउछ । यसको बिग एन्ड बल्की बडी साइज, एग्रेसिभ तथा मिन लुकिङ फ्रन्ट इन्ड, १९ इन्चको रोबस्ट अलोय ह्विल, ड्युअल एलईडी प्रोजेक्सन हेडल्याम्प, फुल प्यानोरामिक सनरुफ र सार्पर बडी लाइनले यसलाई फरक देखाउछ ।
गाडीमा भएको २८१० एमएमको फराकिलो ह्विलबेसले गाडी भित्रका यात्रुलाई सहज तरिकाले बस्नका लागि सहयोग गर्छ । रनवे रेड, ग्राभिटी ब्लु, स्नो ह्वाइट पर्ल, एरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी ५ कलरमा उपलब्ध किया सोरेन्टोको मूल्य १ करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...