पहिलो हाइब्रिड सेडान ईःएचईभी होन्डा सिटी २०२३ एक महिनामै नेपाल भित्रिदै

काठमाडौं – नेपाली बजारमा होन्डाको हाइब्रिड सेडान ईःएचईभी होन्डा सिटी २०२३ भित्रिने भएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो हाइब्रिड सेडान यही जुलाई महिना भित्रै नेपाली बजारमा उपलब्ध हुने बताएको छ ।

नेपाली बजारमा उपलब्ध हुने यो पहिलो हाइब्रिड सेडान हुनेछ । यसमा १.५ लिटरको पेट्रोल इन्जिनका साथै २ वटा मोटर र सेल्फ चार्जिङ सुविधा भएको इन्टेलिजेन्ट लिथियम आयोन ब्याट्री छ । आवश्यकता अनुसार यसलाई हाइब्रिड तरिकाले चलाउन सकिन्छ । यसले ९६.५ बीएचपी पावर र १२७ एनएम टर्क जेनेरेट गर्छ ।

१६५ एमएम ग्राउन्ड क्लियरेन्स भएको ईःएचईभीको टर्निङ रेडियस ५.३ मिटर र फ्युल ट्यांक ४० लिटर छ । त्यसैगरी यसको बुट स्पेस ३०६ लिटर छ । यसको माइलेज २६.५ किलोमिटर भएको कम्पनीको दावी छ ।

एडीएएस तथा इफिसियन्ट इलेक्ट्रिक रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायत क्रुज कन्ट्रोल, लेन किप असिस्ट सिस्टम, क्विक डिप्लोइमेन्ट टेक्नोलोजी सहितको ६ एयरब्याग, अटोमेटिक ब्रेक होल्ड सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल आदि सुविधा यसमा उपलब्ध छन् ।

यो गाडी नेपाली बजारमा यही जुलाई महिनाको अन्त्यमा लन्च हुने बताइएको छ । यसको मूल्य भने अहिले सार्वजनिक गरिएको छैन । यद्यपि यसको मूल्य ८० लाख देखि ९० लाख रुपैयाँ सम्म पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ अमेज पुरानोको तुलनामा २ लाख भन्दा बढीले महंगो, यस्तो छ सबै भेरियन्टको मूल्य

नयाँ अमेज पुरानोको तुलनामा २ लाख भन्दा बढीले महंगो, यस्तो छ सबै भेरियन्टको मूल्य

नेपाली बजारमा केही दिनअघिमात्र सार्बजनिक गरिएको होन्डाको नयाँ अमेज...

होन्डाका मोटरसाइकल तथा स्कुटरमा ५ हजार सम्म मूल्य वृद्धि, यस्तो छ नयाँ मूल्य सूची (अपडेट)

होन्डाका मोटरसाइकल तथा स्कुटरमा ५ हजार सम्म मूल्य वृद्धि, यस्तो छ नयाँ मूल्य सूची (अपडेट)

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

फास्ट चार्जिङ सुविधा सहित इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै हाेन्डा

फास्ट चार्जिङ सुविधा सहित इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै हाेन्डा

होन्डाले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारी गरेको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...