हुन्डाई इन्स्टर ईभीको पहिलो झलक सार्वजनिक, यस्तो छ हुन्डाईको आगामी योजना

हुन्डाईले नयाँ अल इलेक्ट्रिक माइक्रो एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले यसलाई हुन्डाई इन्स्टर नाम दिएको छ । सो एसयूभी जुन २७ र जुलाई ७ बिचमा कोरियामा आयोजना हुने बुसान इन्टरनेशनल मोटर शो २०२४ मा अन्तर्राष्ट्रिय स्तरमा लन्च गर्नेछ ।

इन्स्टर नाम इन्टिमेट र इनोभेटिभ शब्दबाट आएको कम्पनीले जनाएको छ । क्यास्पर प्लेटफर्ममा निर्मित हुन्डाई इन्स्टरमा गोल हेडलाइट जस्ता डिजाइन हुने अनुमान गरिएको छ । साथै विशिष्ट पिक्सेलेटेड एलईडी डेटाइम रनिङ लाइटको साथमा आधुनिक टच पनि हुन सक्ने अनुमान गरिएको छ ।

हुन्डाईले इन्स्टरमा टाटा टिगोर ईभीमा जस्तै सिंगल चार्जमा ३१५ किलोमिटरको रेन्ज दिने दाबी गरेको छ। यसको इन्टेरियरमा पूर्ण रूपमा डिजिटल ड्राइभर डिस्प्ले हुनेछ ।

हुन्डाईले आगामी दिनमा धेरै ईभी लन्च गर्ने योजना बनाइरहेको छ। कम्पनीले सर्वप्रथम क्रेटा ईभी लन्च गर्नेछ । कम्पनीले सन् २०२४ को अन्त्यसम्ममा आफ्नो चेन्नई प्लान्टमा पहिलो इलेक्ट्रिक एसयूभी मोडलको ठुलो उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचारहरू

हुन्डाईले बन्द गर्यो सेन्ट्रो ह्याचव्याकको उत्पादन

हुन्डाईले बन्द गर्यो सेन्ट्रो ह्याचव्याकको उत्पादन

हुन्डाई मोटर्सले भारतमा सेन्ट्रो ह्याचव्याकको उत्पादन बन्द गरेको छ ।...

हुन्डाई भेन्यु : ५ भेरिएन्ट बन्द, अब २ नयाँ भेरिएन्ट

हुन्डाई भेन्यु : ५ भेरिएन्ट बन्द, अब २ नयाँ भेरिएन्ट

हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी हुन्डाई भेन्युको भेरिएन्टमा ठूलो...

यी हुन् हुन्डाई एक्सटरमा भएका ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर

यी हुन् हुन्डाई एक्सटरमा भएका ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर

हुन्डाईले हालसालै भारतीय बजारमा आफ्नो सानो एसयुभी एक्स्टर लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...