पुरानो मोटरसाइकलसँग सुजुकी जिक्सर साट्दा थप ५० हजार मूल्यांकन हुने, आयो एक्सचेन्ज अफर
काठमाडौं – सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी...
काठमाडौं – नेपालगन्ज शोरुमबाट सुजुकी जिक्सर १५० डीडी मोटरसाइकल किनेका अमृत चौधरीले फोर्टनाइट बम्परको रुपमा सुजुकी इन्ट्रयुडर मोटरसाइकल जितेका छन् ।
नेपालका लागि सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले फेसबुक लाइभमार्फत सार्वजनिक गरेको उक्त बम्परमा चौधरीले सो मोटरसाइकल जितेका हुन् ।
मधुवन–६ बर्दियाका वासिन्दा चौधरीले सुजुकीको नेपालगन्जस्थित डिलर नेपाल ट्रेड च्यानलबाट सो मोटरसाइकल किनेका थिए । उनले जिक्सर डीडी मोटरसाइकल २ लाख ८३ हजार ९ सय रुपैयाँमा किनेका थिए भने अब पाउने सुजुकी इन्ट्रयुडरको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ छ ।
भीजी अटोमोबाइल्सले हाल चाडपर्वको अवसरमा ‘दशै आयो उमंग छायो क्यासब्याक र बम्पर पायो’ नामक अफर ल्याएको छ ।
यस अन्तर्गतका सुजुकीका कुनै पनि बाइक र स्कुटर किन्दा १० हजार रुपैयाँ स्योर सट डिस्काउन्ट पाइने छ । त्यसैगरी १ वर्ष सम्म सडक दस्तुर छुट पाइने छ भने फोर्टनाइट बम्पर अन्तर्गत प्रत्येक १५ दिनमा एक जना विजेतालाई सुजुकी इन्ट्रयुडर बाइक उपहारको रुपमा प्रदान गरिने छ ।
फोर्टनाइट बम्परको विजेता हरेक दोस्रो हप्ता भीजी सुजुकी नेपालको अफिसियल फेसबुक पेजमार्फत लाइभ छनोट गरिने बताइएको छ ।
यसरी सुजुकी इन्ट्रयुडर मोटरसाइकल प्राप्त गर्ने चौधरी पहिलो ग्राहक हुन् । आगामी दिनमा अन्य ग्राहकले समेत यो मोटरसाइकल प्राप्त गर्ने भीजी अटोमोबाइल्सले जनाएको छ ।
काठमाडौं – सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी...
काठमाडौं – अटोमोबाइल व्यवसायी मधुसूदन सिग्देल सम्मानित भएका छन् । युवा...
काठमाडौं – नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...