आज देखि पहिलो पटक एफआईएमको मार्सल तालिम काठमाडौंमा शुरु हुँदै, आइपुगे अन्तर्राष्ट्रिय प्रशिक्षक
काठमाडौं – नेपालमा पहिलो पटक फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम)...
सन् १९२६ मा एक धनी इटालियन परिवारमा जन्मेकी, मारिया टेरेसा डे फिलिपिस एक उत्साही घोडसवारको रूपमा हुर्किन् । खेलकुदले उनलाई सानै उमेरमा अश्वशक्ति कसरी चलाउने भनेर सिकायो । उनले २० वर्ष को शुरुवातमा अटो रेसिङमा रुचि राख्न थालिन्, उनका दुई ठूला भाइहरूले भने उनी कहिल्यै पनि यो रेसमा राम्रो नगर्ने दाबी गरे ।
उनले ती दाजुहरुको दाबीलाई असत्य सावित गर्ने र रेसमा सहभागी हुने निधो गरिन् । उनी सालेमो र काभा डे’ टिरेनी बीचको १० किलोमिटर लामो ड्राइभ गरिन् । आफ्नो फिएट ५०० मा सवार भएर उनले आफ्ना दाजुहरूको आँखा चौडा र उदास बनाएर छोडिन् ।
मारियाले सवारी साधनमा पेडल राखिन् । १९५० को प्रारम्भमा उनी उच्च स्तरको अटोस्पोर्टहरूमा सामेल भइन् । १९५४ मा इटालियन स्पोर्ट्स कार च्याम्पियनसिपमा समग्रमा दोस्रो स्थान हासिल गरेपछि उनलाई मासेरातीले वर्क्स ड्राइभर बन्नको लागि सम्पर्क ग¥यो । मासेरातीसँग उनले इन्ड्युरेस र हिल क्लाइम्बिङमा सहभागी हुन सक्थिन्, तर पनि उनको नजर भने विश्वको प्रमुख सर्किट, फर्मुला वानमा थियो ।
मारियाले अन्ततः सन् १९५८ को मे १८ का दिन फर्मुला वान अर्थात एफवान रेसमा भाग लिने मौका पाइन् । जब उनले मासेराती २५० एफमा मोनाको ग्रान्ड प्रिक्स (ग्रांपी) मा क्वालिफाई हुने प्रयास गरिन् । सो क्वालिफाइङ राउन्डलाई पहिलो पटक कुनै महिला एफवान ड्राइभिङ प्रतियोगितामा भाग लिएको दिनको सम्झनाको रुपमा लिइन्छ । उनी र अन्य ३० महिला सहभागी भएको सो प्रतियोगितामा करिव आधाले मात्र दौड पुरा गरे । मारियाले ५.८ सेकेन्डमा अंक गुमाएकी थिइन् ।
सन् १९५८ को बेल्जियन ग्रांपीको कथा पनि अलि फरक छ । अन्तिम स्थानमा क्वालिफाई भए पनि मारियाले ट्रयाक जितिन् र फर्मुला वान रेस पुरा गर्ने पहिलो महिला बनिन् । उनले १०औं स्थानमा रेस पुरा गरे पनि अन्य ९ जनाले सो रेस पुरा गर्न सकेका थिएनन् ।
त्यसपछि सन् १९५८ र ५९ मा उनले धेरै रेसहरुमा भाग लिइन् । सन् १९५९ मा फेरि मोनाको ग्रांपीको क्वालिफाइङ राउन्डमा उनी ३ सेकेन्डले मात्र पछि परिन् । यही वर्ष उनको टिममेट तथा पोस्र्चेको टिम लिडर जिन गेराको दुर्घटनामा निधन भयो । त्यसपछि उनी धेरै दुखित बनिन् र रेसिङबाटै सन्यास लिइन् ।
त्यसपछि सन् १९७४ मा इटालियन लेला लोम्बाडीले प्रतियोगितामा भाग नलिदा सम्म अर्को कुनै महिला रेसिङ ड्राइभर थिएनन् । मारिया चाहिं सन् १९७९ मा स्थापना भएको ‘इन्टरनेसनल क्लब अफ फोर्मर एफवान ग्रांपी ड्राइभर्स’ मा सम्मिलित भएकी थिइन् । सन् २०१६ मा ८९ वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।
काठमाडौं – नेपालमा पहिलो पटक फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम)...
सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटो -याली र...
देश दशैं मुडमा छ । नेपालीहरुको महान चाड मानिने दशैंको समयमा सबै आफ्नो काम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...