लन्च भयो हिरोको पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ : २ भेरिएन्ट, रेन्ज १६५ किमी

हिरो मोटोकर्पले पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ लन्च गरेको छ । भिडा भी१ इलेक्ट्रिक स्कुटर दुई भेरिएन्ट भी१ प्लस र भी१ प्रोमा उपलब्ध हुनेछ । यसको प्लस भेरिएन्टमा १४३ किलोमिटर र प्रो भेरिएन्टमा १६५ किलोमिटर रेन्ज सहित ड्युअल रिमुभेवल ब्याट्री उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार दुवै मोडलको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ । भी१ प्लसले ३.४ सेकेन्डमा ० देखि ४० किलोमिटर र प्रोले ३.२ सेकेन्डमा सो दुरी पार गर्छ ।

भिडा भी१ मा एलईडी इल्युमिनेसन र ७ इन्चको टीएफटी टचस्क्रिन डिस्प्ले छ भने इको, राइड, स्पोर्ट र कस्टम गरी विभिन्न राइड मोड उपलब्ध छ । यसमा स्प्लिट सिट, टेलिस्कोपिक फ्रन्ट फोर्क्स, सिंगल रियर सक र सिंगल डिस्क ब्रेक सेट उपलब्ध छ । समग्रमा यो स्कुटर स्टाइलिस छ ।

भिडा भी१ प्लसको मूल्य १ लाख ४५ हजार र भिडा भी१ प्रोको मूल्य १ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । यसको डेलिभरी भने डिसेम्बर महिना देखि मात्र हुनेछ ।

सम्बन्धित समाचारहरू

हिरोले लन्च गर्यो हार्ले डेभिड्सनमा आधारित ४४० सीसीको नयाँ मोटरसाइकल

हिरोले लन्च गर्यो हार्ले डेभिड्सनमा आधारित ४४० सीसीको नयाँ मोटरसाइकल

हिरो मोटोकर्पले भारतमा माभ्रिक ४४० लन्च गरेको छ । सुरुवाती मूल्य १ लाख ९९...

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक नेपाल जनरल मार्केटिङ...

हिरो करिज्मा अपडेट सहित भारतमा लन्च गर्ने तयारी अवस्थामा

हिरो करिज्मा अपडेट सहित भारतमा लन्च गर्ने तयारी अवस्थामा

युवाहरु माझ निकै लोकप्रिय हिरो करिज्मा बाइकको उत्पादन सन् २०१५ मा अचानक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...