पहिलो पटक दुर्घटनामा टेस्ला साइबरट्रक

सन् २०२३ मा लन्च गरिएको टेस्ला साइबरट्रक अमेरिकी सडकमा दुर्घटना भएको छ । मिडिया रिपोर्टका अनुसार उक्त दुर्घटनामा साइबरट्रकका चालकलाई सामान्य चोट लागेको छ भने अर्को गाडीका चालक सकुशल रहेका छन् । साइबरट्रक दुर्घटना भएको यो पहिलो घटना हो ।

रिपोर्टका अनुसार सो घटना २८ डिसेम्बर दिउँसो २ बजे स्टेट रुट ३५ मा भएको हो । साइबरट्रकमा ३ जना यात्रु थिए जसलाई विपरित दिशाबाट आइरहेको टोयोटा कोरोल्लाले ठक्कर दिएको थियो । सो ठक्करबाट टोयोटा कोरोल्ला पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने साइबरट्रकमा सामान्य मात्र क्षति भएको छ ।

साइबरट्रकका चालकलाई सामान्य चोट लागेको तर अन्य दुई जना यात्रु सकुशल रहेको जानकारी सार्वजनिक भएको छ । अर्कोतर्फ टोयोटा कोरोल्लाका चालक पनि सकुशल नै छन् । टोयोटा कोरोल्लाका चालक एक १७ वर्षिय बालक भएको पुष्टि भएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएका घटनाका तस्विरमा टोयोटा कोरोल्लाले साइबरट्रकलाई साइडबाट ठक्कर दिएको थियो । जसका कारण इलेक्ट्रिक पिकअप ट्रकको देब्रे भागमा सामान्य स्क्रयाच भएको छ । अर्कोतर्फ, टेस्ला साइबरट्रकको तुलनामा टोयोटा कोरोल्लाले धेरै क्षति बेहोरेको छ । यसको साइड प्रोफाइल टक्करद्वारा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

सम्बन्धित समाचारहरू

गियरसहितको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा लन्च, सिंगल चार्जमा १७२ किमी रेन्ज

गियरसहितको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा लन्च, सिंगल चार्जमा १७२ किमी रेन्ज

भारतको पहिलो गियर भएको इलेक्ट्रिक मोटरसाइकल म्याटर एरा दिल्लीमा लन्च भएको...

ओलाले इलेक्ट्रिक बाइक लन्च गर्ने तयारी गर्दै

ओलाले इलेक्ट्रिक बाइक लन्च गर्ने तयारी गर्दै

ओला इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक बाइक लन्च गर्ने सम्भावना छ ।...

५९० किमी रेन्ज सहित पहिलो लक्जरी इलेक्ट्रिक सेडान हुनेछ बीएमडब्ल्यु आई४

५९० किमी रेन्ज सहित पहिलो लक्जरी इलेक्ट्रिक सेडान हुनेछ बीएमडब्ल्यु आई४

बीएमडब्ल्युले केही दिन पहिले नयाँ इलेक्ट्रिक कार बीएमडब्ल्यु आई४ भारतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...