रेगुलर नेक्सन ईभीको तुलनामा यस्तो फरक छ डार्क एडिसन : स्पेसल भएकैले सोल्ड आउट
टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको डार्क एडिसन...
चीनमा चलिरहेको सांघाई अटो शोमा नियोको इन्ट्री लेवल ब्रान्ड फायरफ्लाईको पहिलो ईभी फायरफ्लाई सार्वजनिक गरिएको छ । प्रेस कन्फ्रेन्समा नियोका सीईओ विलियम लीले यो वर्ष विश्वका १६ देशमा फायरफ्लाई प्रवेश गर्ने घोषणा गरे ।
नियो यो भन्दा पहिले जर्मनी, स्विडेन र युनाइटेड अरब इमिरेट्स लगायतका देशमा चीनमा बिक्री गरिएकै मोडलमा बिक्री भइरहेको छ । नेपालका साथै यो वर्ष फायरफ्लाई नेदरल्यान्ड, नर्वे, कोस्टारिका, सिंगापुर, डेनमार्क, पोर्चुगल, बेल्जियम, लक्जेमबर्ग, अष्ट्रिया, पोल्यान्ड, उरुग्वे, कोलम्बिया र न्युजिल्यान्ड लगायतका देशमा प्रवेश गर्नेछ ।
चीनमा गत अप्रिल १९ मा फायरफ्लाई लन्च गरिएको छ भने आगामी अप्रिल २९ देखि चीनमा यसको डेलिभरी गरिने तयारी छ । युरोपमा आगामी जुन र अगस्टमा यसको लन्च गरिने छ । युके र एसियाली राष्ट्रका लागि राइट ह्यान्ड ड्राइभ भर्सन भने आगामी अक्टोबर सम्म तयार हुनेछ । त्यसपछि बल्ल नेपाल समेत आउने अनुमान गर्न सकिन्छ ।
फायरफ्लाईमा १०५ किलोवाट क्षमताको मोटर छ । यसले शून्य देखि १०० किलोमिटरको स्पिड ८.२ सेकेन्डमै लिन सक्छ भने टप स्पिड १५० किलोमिटर प्रतिघन्टा छ ।
यसमा ४२.१ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले सीएलटीसी अनुसार सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ ।
नेपालमा पारामाउन्ट मोटर्सले नियो ब्रान्ड ल्याउने समाचार पहिले नै सार्वजनिक भइसकेको छ । यद्यपि औपचारिक जानकारी भने दिएको छैन । नियोको फायरफ्लाई ब्रान्ड नेपाल आयो भने यसको आकर्षक बनावट र फिचरले धेरैलाई लोभ्याउने अनुमान गर्न सकिन्छ ।
टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको डार्क एडिसन...
काठमाडौं – राजधानी काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्न नगर विकास कोषले...
फक्सवागनले आफ्नो इन्ट्रि लेवल इभीको टिजर स्केच सार्वजनिक गरेको छ । यो नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...