भारतमा इलेक्ट्रिक स्कुटरमा आगालागी हुँदा नेपालमा यसको प्रभाव के ?

पछिल्लो केही समययता भारतमा इलेक्ट्रिक स्कुटरमा हुने आगालागीको घटना सामान्य जस्तै वनेको छ । हरेक महिनाजसो कुनै न कुनै व्रान्डका इलेक्ट्रिक स्कुटरमा अगालागी हुँदा यसले जनधनमै ठूलो क्षती पुर्याइरहेको छ । हिँजोमात्र तेलंगनाको सिकन्दरबादस्थित एक इभी शोरुममा अगालागी हुँदा ८ जनाले ज्यान गुमाएका थिए भने ११ जान घाइते भए ।

विभिन्न व्राण्डका इलेक्ट्रिक स्कुटर राखिएको उक्त शोरुममा कुन इलेक्ट्रिक स्कुटरमा आगालागी भएको हो भन्ने वारे यकिन जानकारी वाहिर नआएपनि चार्ज गर्नेक्रममा स्कुटरमा आगालागी भएको तथ्य भने वाहिर आइसकेको छ । यसअघि ओकिनावा, प्योर इभी, ओला, सिम्पल वान, एथर र जितेन्द्र व्रान्डका यस्ता स्कुटरमा आगालागी भैसकेको छ । यी स्कुटरमा भएको आगालागीको प्रमुख कारण कमसल गुणस्तरको व्याट्री र इलेक्ट्रिक वायरिङमा समस्यालाई प्रमुख कारण मानिँदै आएको छ ।

भारतमा यसरी एकपछि अर्को गर्दै इलेक्ट्रिक स्कुटरमा आगालागी बढ्दै जाँदा यसले नेपाली बजार समेत प्रभावित हुने देखिएको छ । पछिल्लो समय नेपालमा भारतबाट आयत हुने इलेक्ट्रिक स्कुटरको व्रान्ड बढ्दै गएका छन् । यस्तोमा आगोलागीको घटना समेत संगसंगै बढ्दा यसले बिक्रीमै नकरात्मक प्रभाव पार्ने देखिएको हो ।

भारतमा ओकिनावा ब्रान्डको स्कुटरमा आगालागी भएपश्चात नेपालमा यो स्कुटरको बिक्री नराम्रोसंग खस्किएको र अहिलेसम्म ग्राहकले सोही विषयलाई उठान गर्ने गरेको यहाँस्थित विक्रेता कम्पनीले केही समयअघि नेपाल अटोसंग बताएको थियो । यस्तै समस्या प्योर इभीमा समेत रहँदै आएको छ ।

नेपालमा करिव ३ दर्जन हाराहारी व्राण्डका इलेक्ट्रिक टु ह्विलर कारोबार हुँदै आइरहेकोमा अधिकांश ब्राण्ड चीनबाट आयत हुने गरेका छन् । भारतबाट ओकिनावा, हिरो इलेक्ट्रिक र प्योर इभी जस्ता ब्रान्ड आयत हुँदै आइरहेकोमा पछिल्लो समय ओला ब्राण्ड समेत भित्रिने तयारीमा छ । यो स्कुटरलाई सिजी मोटर्सले आगामी इभी एक्स्पोमार्फत लन्च गर्ने तयारी गरेको हो । केही समय अघि यो ब्राण्डको स्कुटरमा समेत अगालागी हुँदा यसले बजारमा नराम्रो चर्चा बटुलेको थियो ।

भारतमा जस्तो नेपालमा हालसम्म कुनै पनि स्कुटरमा आगालागीको घटना नभएपनि यस्ता स्कुटरको सुरक्षा संवेदनशिलतालाई लिएर ग्राहकहरु शशिंकत भने वन्न थालेका छन् । एक चिनियाँ ब्राण्डको इलेक्ट्रिक स्कुटर शोरुममा भेटिएका ग्राहकको भनाइलाई आधार मान्ने हो भने नेपालमा भारतीय ब्राण्डको तुलनमा चिनियाँ व्राण्डका यस्ता स्कुटर विश्वसनिय देखिएका छन् ।

नयाँ स्कुटर खरिद गर्न शोरुम आएका ती ग्राहकका अनुसार इलेक्ट्रिक स्कुटर उत्पादनमा भारत भर्खरै प्रवेश गरेका कारण चिनियाँ व्राण्डको तुलनमा धेरै कमिकमजोरी देखिन सक्छन् । जसमध्ये कमसल गुणस्तरको व्याट्री र यससंग जोडिएको सिस्टम तथा इलेक्ट्रिक वायरिङले आगालागी निम्तिएको उनले जिकिर गरे । ‘जवसम्म भारतिय ब्रान्डले यी समस्याको उचित समाधान दिन सक्दैन तवसम्म यस्ता व्राण्डमा विश्वास गरिहाल्ने अबस्था देखिँदैन’ उलने नेपाल अटोसंग भने ।

नेपालमा चीनबाट आयत हुने केही ब्राण्डले सस्तो मूल्यमा बिक्री गर्न भन्दै कमसल स्पेकमा आधारित स्कुटर समेत आयत गरिरहेका छन् । केही कम्पनीले भने गुणस्तरमा सम्झौता नगरी अन्ताराष्ट्रिय बजारमा चलेको स्पेककै स्कुटर आयत गरिरहेका छन् । यस्तो अबस्थामा ग्राहकले मल्य संगसंगै स्कुटरमा दिइएको विशेषता र गुणस्तरका वारेमा राम्रोसंग बुझेर मात्र खरिद गर्नु उत्तम हुने देखिन्छ ।

सम्बन्धित समाचारहरू

संसारकै तीव्र गतिको इलेक्ट्रिक कार चार्जर आउने, ३ मिनेटमा १०० किमी रेन्ज

संसारकै तीव्र गतिको इलेक्ट्रिक कार चार्जर आउने, ३ मिनेटमा १०० किमी रेन्ज

स्विस इन्जिनियरिङ कम्पनी एबीबीले संसारकै सबैभन्दा तीव्र इलेक्ट्रिक कार...

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...

चार्जिङ स्टेशनसँगै वर्कसप पनि हुने, नौलो अवधारणा ल्याउँदै हुन्डाई नेपाल

चार्जिङ स्टेशनसँगै वर्कसप पनि हुने, नौलो अवधारणा ल्याउँदै हुन्डाई नेपाल

काठमाडौं – नेपाली बजारमा हुन्डाई क्रेटा ईभी भित्रिने तयारीमा छ । नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...