फिंगर प्रिन्टबाटै स्टार्ट गर्न सकिने टोयोटा ल्यान्डक्रुजर एलसी ३०० सार्वजनिक, नेपालमा ५ करोड बढी मूल्य पर्ने

टोयोटाको लोकप्रिय एसयूभी ल्यान्डक्रुजर एलसी ३०० को नयाँ जेनेरेसन ग्लोबल लन्च भएको छ । भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको उक्त एसयूभी ३.५ लिटर पेट्रोल र ३.३ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ । यसमा प्रयोग गरिएको ट्विन–टर्बो भी६ इन्जिनमा प्रयोग गरिएको टेन–स्पिड अटोमेटिक ट्रान्समिसनले पहिलेको मोडल भन्दा १० प्रतिशत कम इन्धन खपत र कार्बन डाइअक्साइड उत्सर्जन गर्ने कम्पनीको भनाइ छ ।

नयाँ जेनेरेसन ल्यान्डक्रुजर एलसी ३०० मा नयाँ इलेक्ट्रोनिक ‘काइनेटिक डाइनामिक’ सस्पेन्सन फिट गरिएको छ, जसमार्फत मल्टी–टेरेन सेलेक्ट सिस्टमका साथै प्रि–कोलिजन डिटेक्सन तथा न्यु पार्किङ सपोर्ट ब्रेक जस्ता फिचर प्रयोग गर्न सकिन्छ । त्यसैगरी यो गाडीलाई फिंगर प्रिन्टबाटै स्टार्ट गर्न सकिन्छ ।

ल्यान्डक्रुजरको यो मोडलमा पहिलो पटक टोयोटा न्यु ग्लोबल आर्किटेक्चर (टीएनजीए) प्लेटफर्मको प्रयोग गरिएको छ । यो प्लेटफर्मले अनरोड र अफरोड दुवै अवस्थामा गाडीको पर्फमेन्स बढाउन सहयोग गर्छ ।

यसको लम्बाई, चौडाई, उचाई र ह्विलबेस जस्ता डाइमेन्स पहिलेकै ल्यान्डक्रुजर जस्तै छ, तर पहिले भन्दा २ सय किलोग्राम तौल कम छ ।

नेपालमा युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटाका गाडी बिक्री–वितरण गरिरहेको छ । नयाँ जेनेरेसन ल्यान्डक्रुजर एलसी ३०० को पेट्रोल इन्जिनयुक्त गाडी नेपाली बजारमा आउने सम्भावना छैन, किनभने यो धेरै नै महंगो पर्न सक्छ । नेपाली बजारमा डिजेल इन्जिनयुक्त ल्यान्डक्रुजर आउने र यसको मूल्य समेत ५ करोड रुपैयाँ भन्दा बढी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

१ करोड २२ लाखको यारिस क्रस हाइब्रिड, के–के छन् विशेषता ?

१ करोड २२ लाखको यारिस क्रस हाइब्रिड, के–के छन् विशेषता ?

टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट...

टोयोटा विजय उत्सवमा एक्सचेन्जदेखि बीमासम्मको सुविधा, कोरोला क्रस हाइब्रिडमा बम्पर छुट

टोयोटा विजय उत्सवमा एक्सचेन्जदेखि बीमासम्मको सुविधा, कोरोला क्रस हाइब्रिडमा बम्पर छुट

काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

नयाँ टोयोटा ग्लान्जामा उपलब्ध हुनेछन् यस्ता ५ महत्वपूर्ण फिचरहरू

नयाँ टोयोटा ग्लान्जामा उपलब्ध हुनेछन् यस्ता ५ महत्वपूर्ण फिचरहरू

टोयोटा मोटरले भारतमा प्रिमियम ह्याचब्याक २०२२ ग्लान्जा लन्च गर्ने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...