आज देखि पहिलो पटक एफआईएमको मार्सल तालिम काठमाडौंमा शुरु हुँदै, आइपुगे अन्तर्राष्ट्रिय प्रशिक्षक

काठमाडौं – नेपालमा पहिलो पटक फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम) को मार्सल तालिम हुने भएको छ । त्यसका लागि भारतबाट अन्तर्राष्ट्रिय प्रशिक्षकहरु काठमाडौं आइपुगेका छन् ।

इभेन्ट डिजाइन, खेल संचालन तथा हाई स्पिड रेसमा विश्वकै ठूला खेल मोटोजीपी, फर्मुला वान समेतका प्रशिक्षक सुजित कुमार, समिर सुनेजा तथा मन्दिप सिंह प्रशिक्षकका रुपमा हिजो नेपाल आइपुगेका छन् ।

एफआईएम एसियाको संयोजनमा हुने मार्सल तालिममा करिव १०० जना प्रशिक्षक, खेलाडी, अफिसियललाई मोटर स्पोर्ट्स, सुरक्षा, खेल कन्ट्रोल, मार्सलिङ, टुरिङ लगायतका विषयमा तालिय दिइने नासा नेपालका उपाध्यक्ष तथा मोटर साइकल कमिसन प्रमुख अनिल कुमार बरालले जानकारी दिए ।

आज र भोलि काठमाडौंमा हुने सो तालिममा तालिममा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालसँग आबद्ध भएका क्लब प्रतिनिधि, स्वयंसेवक र मोटर स्पोर्टससँग सम्बन्धित व्यक्तिले भाग लिन सक्नेछन् ।

यसबाट आगामी दिनमा नेपालम खेलाडी तथा अफिसियलहरुको स्तर बढ्ने अपेक्षा गरिएको नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...