भारतमा पाँचौ जेनेरेसनको टोयोटा हायस बिक्री प्रारम्भ

नयाँ टोयोटा हायस भारतमा लन्च गरिएको छ । उक्त हायसको मूल्य ५५ लाख भारु एक्स शोरुम मूल्य तोकिएको छ । भारतमा लन्च हुन लागेको सो हायस २००४ देखि अन्तराष्ट्रिय बजारमा बिक्री भइरहेको छ । छैटौ जेनेरेसन हायस २०१९ देखि बजारमा बिक्री भइरहेको छ ।

हालको लागि सो टोयोटा हायस भारतमा सीमित क्षेत्रमा बिक्री गरिनेछ । हाल सो हायसको ५० युनिट बिक्रीको लागि डिलरशिपमा पु¥याएको छ । सो कार सेतो र सिल्भर रङमा उपलब्ध रहेको छ । सो कारमा २.८ लिटर ४ सिलिन्डर टर्बाे डिजेल इन्जिन समावेश गरिएको छ । जसको इन्जिनले १५१ एचपीको पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ । भारतमा लन्च हुने हायस ६ स्पिड अटोमेटिक गियरबक्स समावेश गरिएको छ ।

उक्त हायसमा १४ सिट रहेको छ जसमा १२ यात्रु सिट, ड्राइभर र सह ड्राइभर सिट रहेको छ । सिटको अन्तिम पंक्तिमा अतिरिक्त बुट पनि रहेको छ । सो हायसको इन्टेरियर डिजाइन निकै साधारण रहेको छ । यसमा कुनै पनि आधुनिक फिचर समावेश गरिएको छैन ।

सो हायस पाँचौ जेनेरेसनको हायस हो र छैठौं जेनेरेसन कार अन्तर्राष्ट्रिय बजारमा पहिले देखि नै बिक्रीमा रहेको छ । सो हायसमा सीडीको साथै २ डिन अडियो सिस्टम, युएसबी र एयुएक्स सपोर्ट रहेको छ । साथै डुअल फ्रन्ट एयरब्याग, ईबीडीको साथ एबीएस, पावर स्टेयरिङ, पावर विन्डोज, रियर डिफोगर, प्रत्येक पंक्तिमा एसी भेन्ट्स, सेमी रिसाइकलिङ सिट र पावर स्लाइडिङ ढोका रहेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...