फियाटले अवार्थ ब्रान्डमा इलेक्ट्रिक कार ल्याउने, अर्को बर्ष लन्च गरिने

इटालियन अटो निर्माता फियाटले अर्को बर्ष नयाँ इलेक्ट्रिक कार लन्च गर्ने भएको छ । फियाट ग्रुप मातहतकै अर्को ब्रान्ड अवार्थको नाममा उसले इलेक्ट्रिक कार ५०० लन्च गर्न लागेको हो । अवार्थले यसअघि नै सो मोडलको मिनी कारलाई पावरफुल इन्जिनमा उतारेर चर्चा कमाइसकेको छ ।

अवार्थ पर्फमेन्स कार निर्माणका लागि विश्वभर लोकप्रिय मानिन्छ । यो नयाँ इलेक्ट्रिक कार पनि निकै नै पावरफुल र ह्याचब्याक सेग्मेन्टको हुने जनाइएको छ । यो कारलाई अहिले कम्पनीले बिभिन्न चरणमा परिक्षण गरिरहेको र सो क्रममा यसले अद्भुत पर्फमेन्स दिन सफल भएको बताइएको छ ।

यो कारमा कुन आकारको ब्याट्री जडान गरिएको छ भन्ने बारेमा कुनै जानकारी नदिइए पनि यसले सिंगल चार्जमा ३२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्ने आँकलन गरिएको छ । यो नयाँ इलेक्ट्रिक कारलाई स्टार्ट गरेको ७ सकेन्डमै १ सय किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिने र यसको अधिकतम गति १६० किलोमिटरसम्म रहने जनाइएको छ । इलेक्ट्रिक कारमा यसले बिशेष प्रकारको बेन्चमार्क खडा गर्ने कम्पनीले दाबी गरेको छ ।

सम्बन्धित समाचारहरू

फरक स्टेयरिङको सेल्फ ड्राइभिङ कार आउने, २०२३ सम्ममा लन्च हुने सम्भावना

फरक स्टेयरिङको सेल्फ ड्राइभिङ कार आउने, २०२३ सम्ममा लन्च हुने सम्भावना

स्टेयरिङ ह्विल भविष्यका कारमा वैकल्पिक सहायक हुन सक्छ । जसले गर्दा कारलाई...

दुई भेरिएन्टमा आयो एवोन भी, यस्तो छ मूल्य र विशेषता

दुई भेरिएन्टमा आयो एवोन भी, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– जिएसी एवोनको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नयाँ ईभी...

उत्कृष्ट लक्जरी फिचरले भरिपूर्ण ७०० किमी रेन्ज दिने औडीको इलेक्ट्रिक कार आउँदै

उत्कृष्ट लक्जरी फिचरले भरिपूर्ण ७०० किमी रेन्ज दिने औडीको इलेक्ट्रिक कार आउँदै

लक्जरी कार निर्माता कम्पनी औडीले कन्सेप्ट इलेक्ट्रिक कार औडी ए६ एभेन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...