रेसिङको विश्वव्यापी संस्था एफआईए अध्यक्षका लागि टिम मायरले गरे उम्मेदवारी घोषणा, यस्तो छ प्रक्रिया

आगामी डिसेम्बर १२ मा उज्वेकिस्तानको तासकन्तमा हुने एफआईए अर्थात फेडरेसन इन्टरनेसनल डे’ल अटोमोबाइलको अध्यक्षका लागि टिम मायरले उम्मेदवारी घोषणा गरेका छन् । मोटर स्पोर्ट्सको नियमन गर्ने अन्तर्राष्ट्रिय सर्बाधिकार प्राप्त संस्थाको रुपमा एफआईए परिचित छ ।

५९ वर्षिय मायर -यालीक्रस, फर्मुला ई, वर्ल्ड इन्ड्युरेन्स च्याम्पियनसिप र फर्मुला वान लगायत अन्तर्राष्ट्रिय मोटर स्पोर्ट्सका लागि परिचित व्यक्ति हुन् । उनले यो क्षेत्रमा ३४ वर्ष भन्दा बढी समय बिताएका छन् ।

मायरले यो भन्दा पहिले एफआईए स्टेवार्ड, एफआईए कमिसन मेम्बर र अमेरिकाबाट एएसएन प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्दै एफआईएमा धेरै योगदान गरिसकेका छन् । उनी मोटर स्पोर्ट्सको सबै लेभलमा जानकारी प्राप्त व्यक्तिको रुपमा चिनिन्छन् ।

यो भन्दा पहिले कार्लोस सेन्ज सिनियरले समेत उम्मेदवारी घोषणा गरेका थिए । तर पछि उनले उम्मेदवारी फिर्ता लिएका छन् ।

हाल एफआईए अध्यक्षको रुपमा मोहमद बेन सुलायम कार्यरत छन् । सुलायमले पनि आगामी कार्यकालको लागि उम्मेदवारी दिने लगभग पक्का नै छ । आगामी डिसेम्बरमा हुने निर्वाचनका लागि सुलायमले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने छन् ।

कसरी हुन्छ एफआईए निर्वाचन ?
प्रत्येक चार वर्षमा हुने साधारण सभामार्फत एफआईए अध्यक्ष लगायत अन्य पदको निर्वाचन हुन्छ । विश्वका १४९ देशबाट प्रतिनिधित्व गर्ने २४५ सदस्यहरु साधारण सभामा सहभागी हुन्छन् । यसमा नेसनल स्पोर्टिङ अथोरिटिज र अटोमोटिभ क्लबको रुपमा उनीहरु सहभागी भएका हुन्छन् ।

यसमा नेपाल समेत संलग्न छ । नेपालबाट नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सहभागी हुने गरेको छ । नासा नेपाल दुवै तर्फको सदस्य रहेको छ ।

एफआईएका दुई वटा वर्ल्ड काउन्सिल वर्ल्ड मोटर स्पोर्ट काउन्सिल र वर्ल्ड काउन्सिल फर अटोमोबाइल मोबिलिटी एन्ड टुरिजमबाट उठाइएका एजेन्डाहरुको विषयमा यहाँ छलफल हुन्छ ।

अध्यक्षका लागि कसले उम्मेदवारी दिन पाउँछ ?
अन्य राजनीतिक पद जस्तो एफआईए अध्यक्षको उम्मेदवारी एक्लै हुँदैन । यसमा स्पोर्ट र मोबिलिटी साइडका महत्वपूर्ण पदमा निर्वाचन हुन्छ ।

सम्भावित उम्मेदवारले अध्यक्ष अर्थात प्रेसिडेन्टका साथै स्पोर्टतर्फको डेपुटी प्रेसिडेन्ट र सात जना भाइस प्रेसिडेन्ट तथा अटोमोबाइल, मोबिलिटी र टुरिजम तर्फको डेपुटी प्रेसिडेन्ट र सात जना भाइस प्रेसिडेन्टका लागि उम्मेदवार सहितको टिम बनाउनु पर्छ । भाइस प्रेसिडेन्ट अन्तर्गत दुई जना युरोपबाट र अन्य एक जना मिना अर्थात मिडिल इस्ट र नर्थ अफ्रिका, अफ्रिका, नर्थ अमेरिका, साउथ अमेरिका र एसिया–प्यासिफिक रिजनबाट प्रतिनिधित्व गर्छन् । नेपाल एसिया–प्यासिफिक रिजन अन्तर्गत पर्छ ।

आगामी अक्टोबर ८ मा थाइल्यान्डमा हुने भेलामार्फत एसियाबाट हुने उम्मेदवारी चयन हुने योजना छ भने अक्टोबर १५ सम्म सबै क्षेत्रबाट उम्मेदवारी चयन भइसक्ने छ ।

प्रेसिडेन्सियल र डेपुटी प्रेसिडेन्सियल पदका लागि सम्भावित उम्मेदवार ७० वर्ष भन्दा कम उमेरको हुनु पर्छ र समग्रमा यो पदमा १२ वर्ष भन्दा धेरै सेवा गर्न पाइदैन ।

निर्वाचन प्रक्रिया
सदस्य राष्ट्रहरुले बढीमा २४ मत हाल्न पाउने नियम छ । यस अनुसार १२ मत स्पोर्ट र १२ मत मोबिलिटी अन्तर्गत पर्छ । केही देशहरुले भने एक खालको मत मात्र हाल्न पाउँछन्, किनभने उनीहरु स्पोर्ट वा मोबिलिटी मध्ये एउटामा मात्र योग्य सदस्य हुन्छन् । यस अनुसार सबैभन्दा बढी मत लिने व्यक्ति नै अध्यक्ष र अन्य पदमा निर्वाचित हुने व्यवस्था छ ।

हालका अध्यक्ष बेन सुलायम सन् २०२१ मा भएको निर्वाचनमा ग्राहम स्टकरलाई हराएर यो पदमा निर्वाचित भएका थिए । सुलायमले ६१.६२ प्रतिशत मत पाएका थिए भने स्टकरले ३६.६२ प्रतिशत मत पाएका थिए । १.७६ प्रतिशत सदस्यले मत नै दिएनन् ।

१४ पटक सम्म एफआईए मिडिल इस्ट ¥याली च्याम्पियन बनेका बेन सुलायम यो पदमा पुग्नु भन्दा पहिले एफआईएका विभिन्न महत्वपूर्ण पदमा कार्यरत रहिसकेका छन् ।

सम्बन्धित समाचारहरू

एफआईए रिजन टु कार्यकारी समितिमा नासा नेपाल निर्वाचित, भट्टराईले प्रतिनिधित्व गर्ने

एफआईए रिजन टु कार्यकारी समितिमा नासा नेपाल निर्वाचित, भट्टराईले प्रतिनिधित्व गर्ने

फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइलको रिजन-२ (एशिया प्यासिफिक) कार्यकारी...

नेपाल सिम रेसिङ सिरिजको विजेता बने निमन शाक्य

नेपाल सिम रेसिङ सिरिजको विजेता बने निमन शाक्य

काठमाडौं – ई–स्पोर्ट्स अन्तर्गत नेपाल सिम रेसिङ सिरिज गत बिहीबार...

नासा नेपालले सम्पन्न ग-यो ‘अ सेफ जर्नी टु द स्कुल्स’ अभियान

नासा नेपालले सम्पन्न ग-यो ‘अ सेफ जर्नी टु द स्कुल्स’ अभियान

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले स्टार रेटिङ फर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...