टोयोटा नेपालले अपग्रेड क्याम्प आयोजना गर्दै

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रालिले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ । आगामी पुस ८ देखि १२ गते सम्म ललितपुर बखुण्डोल स्थित ग्यालेक्सी अटोमोवाइल्समा चल्ने उक्त अपग्रेड क्याम्पमा ग्राहकले अफुनो जुनसुकै कारलाई नयाँ टोयोटा कोरोला क्रस, राइज र अन्य टोयोटाका मोडलहरुसँग साटन सक्ने छन् ।

It’s Time for an Upgrade मूल नारा सहित आयोजना हुन लागेको यस कार्यक्रमको माध्यमबाट युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने बताएको छ ।

अपग्रेड क्याम्पमा युटिएसले शर्तहरु लागू हुने गरी प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई नगद छुट, पुरानो गाडीको उचित मूल्यांकन, आकर्षक गिफ्ट प्याकेज लगायतका अफरहरु प्रदान गर्ने बताएको छ ।

सम्बन्धित समाचारहरू

टोयोटा टेसरको टिजर सार्वजनिक, भोलि लन्च हुँदै

टोयोटा टेसरको टिजर सार्वजनिक, भोलि लन्च हुँदै

टोयोटाले आफ्नो आगामी कम्प्याक्ट एसयूभी टेसरको टिजर सार्वजनिक गरेको छ ।...

५ लाख ३० हजार प्रतिस्पर्धी बीच नेपालकी निकिता बनिन् टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताकी विजेता

५ लाख ३० हजार प्रतिस्पर्धी बीच नेपालकी निकिता बनिन् टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताकी विजेता

काठमाडौं – टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने टोयोटा ड्रिम कार...

टोयोटाले पनि इलेक्ट्रिक एसयूभी ल्याउँदै, अर्को वर्ष लन्च गर्ने योजना

टोयोटाले पनि इलेक्ट्रिक एसयूभी ल्याउँदै, अर्को वर्ष लन्च गर्ने योजना

सुजुकी मोटर कर्पोरेशन र टोयोटा मोटर कर्पोरेशनको साझेदारीमा नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...