चाडपर्वको झल्को दिदै अटो कम्पनीहरु : ल्याउन थाले दसैं स्किम

दसैं तिहार जस्ता चाडपर्व नजिकिदै छन् । आगामी असोजको दोस्रो साता देखि दसैंको माहोल शुरु हुनेछ । अहिले तिजको लहर चलिरहेको छ । तिजका लागि भनेर पनि केही कम्पनीले अफर ल्याएका छन् । यद्यपि प्रत्येक वर्ष दसैं तिहारलाई लक्ष्यित गरी ल्याइने अफर यो पटक पनि कम्पनीहरुले सार्वजनिक गर्न थालेका छन् ।

यस पटक टाटा कमर्सियल भेइकलको अफर सबैभन्दा पहिले सार्वजनिक भयो । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दशैमा द–सही अफर नामक अफर ल्याएको छ ।

सिप्रदीले भदौ महिना लाग्दै गर्दा सो अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत टाटाको प्रत्येक ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा खरिद गर्दा ग्राहकले टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोवाइल मध्ये एक उपहार छानेर लिन पाउनेछन् ।

साथै यो अफरमा एएमसी, एक्सचेन्ज, रिप्लेसमेन्ट र ७० प्रतिशत फाइनान्स जस्ता सुविधाहरु समेत सामेल गरिएको छ ।

त्यसैगरी अशोक लेल्यान्डका गाडी उपलब्ध गराइरहेको आइएमई मोटर्स प्रालिले ‘चाड पर्व हर्षको वहार लैजानुहोस् छानी छानी उपहार’ नामक योजना ल्याएको छ । यस अन्तर्गत अशोक लेल्यान्ड ब्रान्डका बस वा ट्रक टिपर किन्दा सिंगापुर टुर लगायतका विभिन्न आकर्षक उपहार पाउन सकिने भएको छ ।

यी सवारी साधन किन्दा -याफ्ट जिस्पा इलेक्ट्रिक भेइकल, २४ क्यारेट सुन वा एक जोडी सिंगापुर टुर गर्न सकिने अफर उपलब्ध हुने भएको छ ।

यसैगरी दोस्त पिकअप खरिद गर्दा एक जोडीका लागि थाइल्यान्ड टुर वा ल्यापटप वा १० ग्राम सुनका साथमा स्मार्टफोन उपहार पाउन सकिने छ ।

रेनो गाडीको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोवाइललले दशैंरतिहार लक्षित ‘रेनो उत्सव’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत रेनोको कुनैपनि नयाँ गाडी खरिद गर्दा ग्राहकले १ वर्षसम्मको लागि निशुल्क इन्धन वापत ५० हजार रुपैयाँ नगद छुट पाउनेछन् ।

साथै एक्सचेन्ज वोनसवापत ५० हजार रुपैयाँसम्म र लोयल्टी वोनसमा २० हजार रुपैयाँसम्मको अतिरिक्त छुट समेत पाइने जनाइएको छ । यी छुटको अतिरिक्त सरल फाइनान्स, एक्सचेन्जमा तुरुन्त भ्यालुएसन, १ आर्थिक वर्षको रोड ट्याक्स निशुल्क र २ वर्षसम्म गाडीको सर्भिसिङ गराउँदा लेवर चार्ज नलाग्ने व्यवस्था समेत मिलाइएको छ ।

बाइकहरुमा सबैभन्दा पहिले हिरोले दसैं स्किम ल्याएको छ । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले आहा दशैं अफर ल्याएको छ । चाडपर्वको उमङ्ग, हिरो चढी दङ्ग ट्यागलाइनका साथ उपलब्ध सो अफरमा हिरोका कुनै पनि मोटरसाइकल वा स्कुटर किन्दा ७ हजार ५ सय रुपैयाँ पक्का डिस्काउन्ट उपलब्ध हुनेछ ।

यसरी मोटरसाइकल वा स्कुटर किन्दा हरेक स्क्र्याचमा १ लाख रुपैयाँ सम्म छुट हुनेछ भने बम्परमा १ लाख रुपैयाँ पुरस्कार पाइने छ ।

नेपाली अटोमोबाइल बजार हाल निकै नै कठिन अवस्थामा छ । सरकारले विदेशी मुद्रा सञ्चिति बढाउने भनेर १५० सीसी भन्दा माथिका दुई पांग्रे र १५ सय सीसी भन्दा माथिका चार पांग्रे सवारी साधनमा रोक लगाएको छ । यसले गर्दा धेरै कम्पनीहरुका उत्पादन बिक्रीका लागि उपलब्ध छैनन् ।

बजार अब कुन दिशातिर जान्छ भन्ने भएको छ । आगामी भदौ १४ गते सम्मका लागि लगाइएको प्रतिबन्ध हट्ने आशामा व्यवसायीहरु भए पनि धेरै आशावादी भने छैनन् । सरकारले लिने आगामी नीतिले पनि यसमा असर पार्नेछ । यसले गर्दा चाडपर्व स्किम निकाल्नका लागि पनि व्यवसायीहरु अझै निर्धक्क भएको अवस्था छैन ।

सम्बन्धित समाचारहरू

ड्र्याग रेस टाइमर र सिंगल च्यानल एबीएससहित हिरो एक्सट्रिम १६०आर टुभी बाइक लन्च

ड्र्याग रेस टाइमर र सिंगल च्यानल एबीएससहित हिरो एक्सट्रिम १६०आर टुभी बाइक लन्च

हिरो मेटोकर्पले भारतीय बजारमा हिरो एक्सट्रिम १६०आर टुभीको अपडेटेड...

हिरोले दुई नयाँ सस्तो इलेक्ट्रिक स्कुटर ल्याउँदै, जुलाईमा लन्च हुने

हिरोले दुई नयाँ सस्तो इलेक्ट्रिक स्कुटर ल्याउँदै, जुलाईमा लन्च हुने

हिरो मोटोकर्पले जुलाई २०२५ मा दुई नयाँ किफायती इलेक्ट्रिक स्कुटर लन्च...

१०औं वार्षिकोत्सवमा रेनोले ल्यायो थप सुरक्षासहित क्विडको नयाँ भर्सन एमवाई२१

१०औं वार्षिकोत्सवमा रेनोले ल्यायो थप सुरक्षासहित क्विडको नयाँ भर्सन एमवाई२१

रेनो इन्डियाले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा अल न्यु क्विड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...