भारतमा ईभीको बिक्री दोब्बर नजिक, टाटा एक्लैको बजार हिस्सा ४२ प्रतिशत
काठमाडौं–भारतीय विद्युतीय कार बजारले सेप्टेम्बर २०२६ मा उल्लेखनीय...
काठमाडौं–जीडब्लूएम नेपालले दसैं–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै ‘जीडब्लूएम फेस्टिभ अफर–गो विथ मोर’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत जीडब्लूएमका विद्युतीय एसयूभी ओरा५ र हाभल जोलियन म्याक्स खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मका विभिन्न लाभ पाउने कम्पनीले जनाएको छ ।
यस योजनामा ओरा५ खरिद गर्दा २ लाख रुपैयाँसम्म र हाभल जोलियन म्याक्समा ३ लाख रुपैयाँसम्मका लाभ उपलब्ध हुने जनाइएको छ । कम्पनीका अनुसार अफरमा फ्री कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर तथा ७ किलोवाटको चार्जर र एसेसरिज समावेश छन् ।
त्यसैगरी, ग्राहकले नगद छुट, आकर्षक एक्सचेन्ज भ्यालु तथा सहज फाइनान्सिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यी सुविधा कम्पनीले तोकेको नियम तथा सर्तअनुसार उपलब्ध हुने बताइएको छ ।
जीडब्लूएम ओरा ५ आकर्षक डिजाइन, आधुनिक प्रविधि र प्रिमियम विद्युतीय मोबिलिटीका लागि परिचित मोडल हो । प्रविधिमैत्री इन्टेरियर र आधुनिक डिजाइन रहेको यस ईभीले नेपाली बजारमा पनि ग्राहकको चासो बढाउँदै आएको कम्पनीको भनाइ छ । उक्त मोडलले २०२६ टोरोनो अटोमोटिभ डिजाइन अवाड्र्सअन्तर्गत ‘फ्यामिली कार’ विधामा बेस्ट इन्टेरियर डिजाइन अवार्ड समेत प्राप्त गरेको छ ।
त्यस्तै, हाभल जोलियन म्याक्स ईभीमा आधुनिक एसयूभी डिजाइन, विद्युतीय ड्राइभ र विभिन्न स्मार्ट प्रविधि समावेश गरिएको छ । यो मोडल नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो ।
‘गो विथ मोर’ अभियानमार्फत गाडी खरिदमा मात्रै नभई ग्राहकको समग्र स्वामित्व अनुभवमा थप मूल्य प्रदान गर्ने उद्देश्य रहेको जीडब्लूएम नेपालले जनाएको छ । कम्पनीले विद्युतीय सवारीप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आफ्नो ईभी पोर्टफोलियोलाई विस्तार गर्दै आएको छ ।
जीडब्लूएमको नेपालका लागि आधिकारिक वितरकका रुपमा भीजी इम्पेक्स प्रालिले कार्य गर्दै आएको छ । कम्पनीका अनुसार यो अफर काठमाडौं, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ । ग्राहकले सम्बन्धित शोरुममा गएर अफर, एक्सचेन्ज तथा फाइनान्सिङ सुविधाबारे थप जानकारी लिन सक्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...