कार वास गर्दा यी ६ भागमा क्षति हुनबाट जोगाउन यसरी दिनुस् विशेष ध्यान
हालको समयमा कारमा धेरै उत्कृष्ट र प्रिमियम फिचर उपलब्ध हुन थालेको छ । यी...
काठमाडौं – नेपालका लागि एथर इनर्जीका इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जीले यस वर्षको चाडपर्वलाई अझै उल्लासमय बनाउनका लागि रोमाञ्चक अफर ल्याएको छ ।
सो अफर अन्तर्गत ग्राहकहरुले एथर ४५० सिरिज वा नयाँ एथर रिज्टा बुक गर्दा विशेष लन्च अफर पाइने छ । यस अनुसार निःशुल्क ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा किस्ता सुविधा पाइने छ भने पुरानो बाइक वा स्कुटरसँग एथरका स्कुटर साट्दा न्यूनतम ३० हजारको एक्सचेन्ज मूल्यांकनका साथै ८ हजार रुपैयाँको मूल्य थप सुविधा समेत उपलब्ध हुनेछ ।
वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सुर्यांश वैद्यले नयाँ सुरुवात र एकताको प्रतीकका रुपमा रहेको चाडपर्वलाई सफा र स्मार्ट स्कुटरको साथमा मनाउनु नै यसलाई अझै अर्थपूर्ण बनाउने उत्तम उपाय भएको बताए । यसका लागि नै विभिन्न अफर उपलब्ध गराइएको उनको भनाइ छ ।
एथर ४५० सिरिजले नेपालमा प्रिमियम इलेक्ट्रिक स्कुटरको नयाँ मापदण्ड स्थापित गरेको छ । यसमा शक्तिशाली परफर्मेन्स, तीव्र एक्सिलरेसन, स्किड कन्ट्रोल सुरक्षा प्रणाली र इन्टेलिजेन्ट एथरस्ट्याक सफ्टवेयर जस्ता अत्याधुनिक विशेषताहरु रहेका छन् ।
त्यसैगरी नाइमा २०२५ मा लन्च भएको एथर रिज्टा भारतमा निकै नै लोकप्रिय भइसकेको स्कुटर हो । सिंगल चार्जमा १५९ किलोमिटरको रेन्ज दिने एथर रिज्टामा यो सेगमेन्टकै सबैभन्दा ठूलो ५६ लिटरको स्टोरेज रहेको छ । सहज नेभिगेसन र कनेक्टिभिटीका लागि यसमा ७ इनच टीएफटी स्मार्ट डिस्प्ले रहेको छ भने प्रत्येक पारिवारिक यात्रालाई तनावमुक्त बनाउने आरामदायी डिजाइन रहेको छ ।
हालको समयमा कारमा धेरै उत्कृष्ट र प्रिमियम फिचर उपलब्ध हुन थालेको छ । यी...
काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध...
युरोपेली अटो कम्पनी डासियाले हालै डासिया हिप्स्टर नामक नयाँ इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...