हुन्डाई क्रेटा र भेन्यू फेसलिफ्टको डिजाइन टुसानको जस्तै हुने
हुन्डाई मोटर्स इन्डियाले यसै बर्षको अन्त्यसम्ममा लन्च गर्ने भनिएको...
भारतीय बजारमा आज हुन्डाईले भेन्युको नयाँ भर्सन लन्च गर्दैछ । कम्पनीले यसमा डिजाइनदेखि फिचर र सेफ्टीमा धेरै परिवर्तन गरेको छ, यद्यपि यसको इन्जिनमा भने कुनै परिवर्तन हुनेछैन ।
हुन्डाईको फ्रन्ट ग्रिल हुन्डाईको नयाँ डिजाइनमा आधारित छ, जसलाई नयाँ टक्सन र भर्नामा पनि देख्न सकिन्छ । यसको ग्रिल डीआरएलसँग जोडिएको छ । यसको रियरमा पनि परिवर्तन गरिएको छ र टेल लाइट पहिलेको भन्दा पातलो छ ।
यसमा रातो र कालो रेखा पनि छ जसले कारलाई आकर्षक लुक दिएको छ । यसको अलोय ह्विल नयाँ छ साथै यसमा एल आकारको टेलल्याम्प र फक्स स्किड प्लेट रहेको छ ।
नयाँ हुन्डाई भेन्युको इन्फोटेनमेन्ट सिस्टमले १० भाषालाई सपोर्ट गर्छ । यसको ब्लुलिंक कनेक्टिभिटी फिचरलाई पनि अपडेट गरिएको छ । साथै यसमा ६० भन्दा बढि कनेक्टेड फिचर उपलब्ध छ । आरामदायीक यात्राको लागि पछाडिको सिटमा रिक्लाइन फंङसन दिइएको छ ।
कारमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एम्बियन्ट लाइट र ३६० डिग्री क्यामेरा पनि दिइएको छ ।
नयाँ भर्नामा २ पेट्रोल र १ डिजेल इन्जिन सहित ३ वटा इन्जिन विकल्प छन् । यसमा १.२ लिटर नेचुरली एस्पिरेटेड जसले ८२ बीएचपीको पावर र ११३ एनएम टर्क, १.० लिटर टर्बो–पेट्रोल जसले ११८ बीएचपीको पावर र १७२ एनएम टर्क इन्जिन र १.५ लिटर डिजेल जसले ९९ बीएचपीको पावर र २४० एनएमको टर्क जेनेरेट गर्छ । यसमा आईएमटी, म्यानुअल र डीसीटी ट्रान्समिशन दिइनेछ ।
हुन्डाई मोटर इन्डियाले भेन्यु फेसलिफ्ट सार्वजनिक गर्नुअघि नै बुकिङ सुरु गरेको छ । हुन्डाईको नयाँ भेन्यु बुक गर्नका लागि कम्पनीले २१ हजार भारु बुकिङ रकम लिएको छ । कम्पनीका अनुसार हुन्डाई फेसलिफ्ट कम्पनीको आधिकारिक डिलरसिप र वेबसाइटबाट पनि बुक गर्न सकिनेछ ।
हुन्डाई मोटर्स इन्डियाले यसै बर्षको अन्त्यसम्ममा लन्च गर्ने भनिएको...
नेपालमा फेस्टिभल सिजन सुरुवात भएसँगै सवारी बजारको मुख्य सिजन समेत शुरु...
काठमाडौं – आगामी असोज ६ देखि ९ गते सम्म भृकुटी मण्डपमा सम्पन्न हुने नाडा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...