चर्चामा बीवाईडी एम६, ६० लाख १५ हजार पर्ने एमपिभीमा यस्तो छ विशेषता

बीवाईडी नेपालले छिट्टै बिक्री सुरु गर्ने तयारी गरेको एम६ अहिले ईभी पारखीमाझ चर्चाको विषय बनेको छ । प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको एम६ तत्काल बुकिङ गर्नेले १ लाख ५० हजार छुट पाउने बताइएको छ । सो नयाँ ईभीलाई कम्पनीले नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपिभी भनेर चर्चामा ल्याएको हो ।

७ जना यात्रुले आरामदायी यात्रा गर्न मिल्ने एम६ पारिवारिक र व्यापारिक दुबै प्रयोजनाका लागि उपयुक्त हुने ईभी हो । सो नयाँ ईभी कम्फर्ट र परफर्मेन्सका हिसावले अब्बल रहेको आधिकारिक बिक्रेता साइमेक्स इंकको भनाई छ ।

कारमा ७१.८ किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको एम६ अपहिल ड्राइभ र लङ रुटको यात्राका लागि समेत प्रभावकारी बन्ने देखिन्छ ।

कारमा ७ वटा प्रिमियम सिट, प्यानारामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज उपलब्ध छ । फास्ट चार्जिङ सुबिधा समेत रहेको बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

कारमा ६ वटा एयर ब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचर राखिएको छ । एम६ को इन्टेरियरमा १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी समेत पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

बजेटले उल्लेख गरे अनुसार विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर्ने बीवाईडीको प्रतिबद्धता

बजेटले उल्लेख गरे अनुसार विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन गर्ने बीवाईडीको प्रतिबद्धता

सरकारले विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयमा...

बीवाईडीद्वारा एकैपटक २०० प्रतिशत पुँजी वृद्धि, २०२५ मै बढाइयो २ पटक

बीवाईडीद्वारा एकैपटक २०० प्रतिशत पुँजी वृद्धि, २०२५ मै बढाइयो २ पटक

चाइनिज इलेक्ट्रिक सवारी साधन तथा ब्याट्री निर्माता बीवाईडी कम्पनी...

बीवाइडीले हाँसिल ग-यो ६० लाख न्यू इनर्जी भेहिकल उत्पादनको माइलस्टोन

बीवाइडीले हाँसिल ग-यो ६० लाख न्यू इनर्जी भेहिकल उत्पादनको माइलस्टोन

काठमाडौं– चिनको प्रख्यात न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले ६० लाख ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...