सुजुकी गाडी किन्दा २ लाख सम्मको नगद छुट, एक्सचेन्ज गर्दा १ लाख २५ हजार सम्म बोनस
काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ...
अटो एक्सपो २०२३ मा, मारुती सुजुकीले फ्रंक्स क्रसओभर सार्वजनिक गरेको थियो । सो कारको बुकिङ पनि खुल्ला गरिएको छ । हालसम्म कम्पनीले सो कारका लागि ५ हजार ५ सय युनिट बुकिङ पाएको छ । मारुतीले यो कार अप्रिलमा लन्च गर्नेछ ।
सो नयाँ क्रसओभरमा क्रोम फिनिस सहितको नयाँ ग्रिलको डिजाइन गरिएको छ । साथै यसमा एलईडी हेडल्याम्पसहितको एलईडी डीआरएल, क्रोमसहितको फ्रन्ट र रियर बम्पर, सिल्भर कलर साइड प्रोफाइल भएको रुफरेल, ड्युअल टोन ओआरभीएम र १६ इन्चको अलोय ह्विल पनि समावेश गरिएको छ । कम्पनीले सो कार ६ सिंगल कलर र ३ ड्युअल टोन गरी ९ रङमा लन्च गर्नेछ ।
कारको इन्टेरियरमा ड्युअल टोन थिमसहित सिल्भर कलर मेटल फिनिश रहेको छ । कारमा ९ इन्चको स्मार्ट प्ले प्रो प्लस टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, कन्ट्रोलिङ फिचरसहितको ३ स्पोक स्टेयरिङ ह्विल, हेड–अप डिस्प्ले, स्क्वायर एयर भेन्ट्स, वायरलेस चार्जर र ३६० डिग्री क्यामेरा जस्ता फिचर दिइएको छ ।
कम्पनीले यसमा १.२ लिटर डुअलजेट पेट्रोल इन्जिन र दोस्रो १.० लिटर बुस्टरजेट पेट्रोल इन्जिन गरी २ वटा इन्जिन अप्सन दिएको छ । पहिलो इन्जिनले ८९ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा जोडिएको छ र दोस्रो इन्जिनले ९९ बीएचपी पावर र १४७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक टर्क कन्भर्टरसँग जोडेको छ ।
कम्पनीले सो कारमा हिल होल्ड असिस्ट, जेटा र अल्फा भेरिएन्टमा ६ वटा एयरब्याग, ईबीडी ब्रेक असिस्टसहितको एबीएस र आईएसओफिक्स जस्ता फिचर दिएको छ । सो कारले सुजुकी ब्रेजा, हुन्डाई भेन्यु, किया सोनेट, टाटा नेक्सन, महिन्द्रा एक्स्यूभी३००, निसान म्याग्नाइट र रेनो काइगर जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ...
मारुती सुजुकीले हालै लन्च गरेको नयाँ डिजायर भारतमा लोकप्रिय बन्दै गएको छ ।...
मारुती सुजुकीले भारतमा आफ्ना अधिकांश कारको मूल्य बृद्धि गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...