यस्तो छ मारुती सुजुकीले लन्च गर्न लागेको नयाँ फ्रंक्स क्रसओभर

अटो एक्सपो २०२३ मा, मारुती सुजुकीले फ्रंक्स क्रसओभर सार्वजनिक गरेको थियो । सो कारको बुकिङ पनि खुल्ला गरिएको छ । हालसम्म कम्पनीले सो कारका लागि ५ हजार ५ सय युनिट बुकिङ पाएको छ । मारुतीले यो कार अप्रिलमा लन्च गर्नेछ ।

सो नयाँ क्रसओभरमा क्रोम फिनिस सहितको नयाँ ग्रिलको डिजाइन गरिएको छ । साथै यसमा एलईडी हेडल्याम्पसहितको एलईडी डीआरएल, क्रोमसहितको फ्रन्ट र रियर बम्पर, सिल्भर कलर साइड प्रोफाइल भएको रुफरेल, ड्युअल टोन ओआरभीएम र १६ इन्चको अलोय ह्विल पनि समावेश गरिएको छ । कम्पनीले सो कार ६ सिंगल कलर र ३ ड्युअल टोन गरी ९ रङमा लन्च गर्नेछ ।

कारको इन्टेरियरमा ड्युअल टोन थिमसहित सिल्भर कलर मेटल फिनिश रहेको छ । कारमा ९ इन्चको स्मार्ट प्ले प्रो प्लस टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, कन्ट्रोलिङ फिचरसहितको ३ स्पोक स्टेयरिङ ह्विल, हेड–अप डिस्प्ले, स्क्वायर एयर भेन्ट्स, वायरलेस चार्जर र ३६० डिग्री क्यामेरा जस्ता फिचर दिइएको छ ।

कम्पनीले यसमा १.२ लिटर डुअलजेट पेट्रोल इन्जिन र दोस्रो १.० लिटर बुस्टरजेट पेट्रोल इन्जिन गरी २ वटा इन्जिन अप्सन दिएको छ । पहिलो इन्जिनले ८९ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा जोडिएको छ र दोस्रो इन्जिनले ९९ बीएचपी पावर र १४७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक टर्क कन्भर्टरसँग जोडेको छ ।

कम्पनीले सो कारमा हिल होल्ड असिस्ट, जेटा र अल्फा भेरिएन्टमा ६ वटा एयरब्याग, ईबीडी ब्रेक असिस्टसहितको एबीएस र आईएसओफिक्स जस्ता फिचर दिएको छ । सो कारले सुजुकी ब्रेजा, हुन्डाई भेन्यु, किया सोनेट, टाटा नेक्सन, महिन्द्रा एक्स्यूभी३००, निसान म्याग्नाइट र रेनो काइगर जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

चिनियाँ कम्पनी ग्रेटवालले बनायो सुजुकी जिम्नी जस्तै देखिने नयाँ एसयुभी

चिनियाँ कम्पनी ग्रेटवालले बनायो सुजुकी जिम्नी जस्तै देखिने नयाँ एसयुभी

अटोमोबाइलका लागी चीन विश्वको सबैभन्दा ठूलो बजार हो । चीनमा हरेक वर्ष सयौं...

अप्रिलमा क्रेटा सर्वाधिक बिक्री हुने कार बन्न सफल, शीर्ष १० मा मारुती सुजुकीको दबदबा कायम

अप्रिलमा क्रेटा सर्वाधिक बिक्री हुने कार बन्न सफल, शीर्ष १० मा मारुती सुजुकीको दबदबा कायम

हुन्डाई क्रेटा सबैभन्दा लोकप्रिय एसयूभी मध्ये एक हो । अप्रिलमा सो एसयूभी...

डेब्यु पहिले थोरै झलक देखियो मारुती सुजुकी ग्रान्ड भिटारा एसयूभी

डेब्यु पहिले थोरै झलक देखियो मारुती सुजुकी ग्रान्ड भिटारा एसयूभी

मारुती सुजुकी ग्रान्ड भिटारा मिडसाइज एसयूभी जुलाई २० मा लन्च हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...