कार र १००० सीसी सम्मका बाइकमा प्रयोग हुन्छ मोटुल लुब्रिकेन्ट

मोटुल लुब्रिकेन्ट विश्वमै गुणस्तरीय लुब्रिकेन्टको रुपमा परिचित छ । विश्वमा सबैभन्दा धेरै रेन्जका लुब्रिकेन्ट उत्पादन गर्ने कम्पनीको रुपमा मोटुल प्रचलित छ । सन् १८५३ मा स्थापना भएको फ्रेन्च कम्पनी मोटुलले डिजेल, पेट्रोल, औद्योगिकलगायत सबै सेगमेन्टका लुब्रिकेन्ट उत्पादन गर्छ ।

नेपाली बजारको सन्दर्भमा कुरा गर्दा बजाज प्लाटिना, सुजुकी हायाते जस्ता साना सीसीका बाइक देखि हजार सीसी सम्मका ठूला बाइकमा मोटुलका लुब्रिकेन्ट प्रयोग हुन्छन् । विशेष गरी सिन्थेटिक लुब्रिकेन्टको क्षेत्रमा यो प्रिमियम ब्रान्डको रुपमा प्रचलित छ ।

नेपाली बजारमा विशाल ग्रुप अन्तर्गतको भीजी अटोमोबाइल्सले मोटुल लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ । करिव ५ वर्षको अवधिमा देशभर यो ब्रान्डको नेटवर्क विस्तार तीव्र गतिमा भएको छ । भीजी अटोमोबाइल्सका बिजनेस हेड पुरुषोत्तम पौडेलका अनुसार हाल देशभर ५ सय भन्दा बढी आउटलेटमार्फत यो लुब्रिकेन्ट उपलब्ध हुन्छ ।

नेपाली बजारमा उपलब्ध सबै ब्रान्डका मोटरसाइकलमा मोटुल लुब्रिकेन्ट प्रयोग हुँदै आएको छ । सुजुकी, रोयल इन्फिल्ड, केटीएम, जावा आदि ब्रान्डका बाइकमा मोटुल लुब्रिकेन्ट अफिसियल लुब्रिकेन्टको रुपमा प्रयोग हुँदै आएको छ । अन्य कम्पनीका बाइकमा पनि आगामी दिनमा यसका लागि सम्झौता गर्ने तयारी भइरहेको पौडेलले बताए ।

प्रिमियम लुब्रिकेन्टको रुपमा परिचित भएकाले अन्तर्राष्ट्रिय रुपमा विशेष गरी रेसिङ बाइकहरुमा यो लुब्रिकेन्टको प्रयोग अत्यधिक रुपमा हुने गरेको पौडेल बताउँछन् । यसले गर्दा सुजुकी, हार्टफोर्ड आदि ब्रान्डका स्पोर्ट्स बाइकमा मोटुल लुब्रिकेन्ट धेरै प्रयोग हुने गरेको छ ।

मोटरसाइकल आयातकर्ता कम्पनीहरुले वारेन्टी अवधिभर यस्ता प्रिमियम ब्रान्डकै लुब्रिकेन्ट प्रयोग गर्ने गरेका छन् । जस्तो कि सुजुकी मोटरसाइकल किन्दा ५ वर्ष वा ७० हजार किलोमिटर गुड्दा सम्म वारेन्टी अवधि हुन्छ । यो अवधिमा मोटुल लुब्रिकेन्ट नै प्रयोग हुन्छ ।

नेपाली बजारमा उपलब्ध रेनो, एमजी, माज्दा, ग्रेटवाल आदि ब्रान्डका कारमा पनि वारेन्टी अवधिभर यही लुब्रिकेन्ट प्रयोग हुन्छ । विभिन्न कम्पनीका गाडीहरु सर्भिसिङ गर्दा र अन्य अवस्थामा यस्ता प्रिमियम ब्रान्डको प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ ।

मोटुल लुब्रिकेन्टको प्रयोग गर्दा सवारी साधनले राम्रो पर्फमेन्स दिने र लामो दुरी पार गरे पश्चात मात्र अर्को लुब्रिकेन्ट फेर्नु पर्ने हुन्छ । सामान्य मिनरल लुब्रिकेन्ट पनि ५ हजार किलोमिटर र सिन्थेटिक लुब्रिकेन्ट १० हजार किलोमिटर भन्दा बढी गुडे पछि मात्र लुब्रिकेन्ट प्रयोग गर्न सकिन्छ । यसले गर्दा छिटो लुब्रिकेन्ट फेर्नु पर्दैन । यसले इन्जिनलाई पनि सुरक्षित राख्छ । यसो हुँदा दीर्घकालीन दृष्टिकोणले लुब्रिकेन्टको मूल्य समेत सस्तो पर्न जाने बिजनेस हेड पौडेल बताउँछन् ।

नेपालका उपभोक्ताहरुमा अझै पनि लुब्रिकेन्टप्रति धेरै चासो भएको पाइदैन । मेकानिक्सले भनेकै भरमा लुब्रिकेन्ट प्रयोग गर्ने ग्राहक पनि धेरै छन् । तर २ सय सीसी भन्दा माथिल्लो सेगमेन्टका बाइक र कार चढ्ने ग्राहकहरु भने यसमा सचेत भएको पाइन्छ । यो अवस्थामा धेरैले प्रिमियम ब्रान्ड र यसको विशेषताको पनि पहिचान गरेका हुन्छन् । सबै ग्राहकले लुब्रिकेन्टको गुणस्तरीयता र विशेषता वारेमा थाहा पाउनु उपयुक्त हुने पौडेल बताउँछन् ।

सम्बन्धित समाचारहरू

समयमै इन्जिन आयल परिवर्तन गर्दा हुने ४ फाइदा

समयमै इन्जिन आयल परिवर्तन गर्दा हुने ४ फाइदा

इन्जिन आयल गाडीका लागि धेरै महत्वपूर्ण हुन्छ । इन्जिन आयलले इन्जिनलाई...

स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो बार्षिक साधरणसभा बैंककमा हुने, बिक्री ३० प्रतिशतले बृद्धि

स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो बार्षिक साधरणसभा बैंककमा हुने, बिक्री ३० प्रतिशतले बृद्धि

काठमाडौं–स्मार्ट लुब्रिकेन्ट्सको तेस्रो वार्षिक साधारणसभा...

एचपी बन्यो एनपीएल सिजन २ को लुब्रिकेन्ट पार्टनर

एचपी बन्यो एनपीएल सिजन २ को लुब्रिकेन्ट पार्टनर

काठमाडौं– काठमाडौंमा जारी नेपाल प्रिमियम लिग (एनपीएल) को दोस्रो सिजनलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...