यसरी सार्वजनिक गरियो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ सम्मिश्रणयुक्त दिपल एस०५, यस्ता छन् फिचर

काठमाडौं – नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ ईभी ब्रान्ड चांगानको आधारिक विक्रेता एमएडब्लु वृद्धिले ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’को सर्वोत्कृष्ट संयोजन भएको इलेक्ट्रिक एसयूभी दिपल एस०५ सार्वजनिक गरेको छ । यो नयाँ प्रिमियम ईभीले नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको भनाइ छ ।

नयाँ दिपल एस०५ लाई नेपालका लागि चिनियाँ राजदुत सेन सङ, चांगान अटो साउथ इस्टका प्रबन्ध निर्देशक सेन सिन्हुवा, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारियाले सार्वजनिक गरे ।

सम्झौता नगरिएको लक्जरी
दिपल एस०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ । क्याबिनलाई ‘लक्जरियस’ बनाउन उच्च गुणस्तरको ‘लेदरेटेड अपहोल्ट्रिी’, ६४ ‘एम्बायन्ट लाइटिङ’, ‘आउटडोर स्पिकर’सहितको १४ स्पिकरयुक्त ‘स्काई सरान्ड साउन्ड सिस्टम’ दिइएको छ । साथै, लामो यात्रामा चाहिनेजति सामान बोक्न सेग्मेन्टकै सबैभन्दा ठूलो १५९ लिटरको ‘फ्रंक’ दिइएको छ ।

‘आईएफ अवार्ड–विनिङ स्टाइल’
आफ्नो ‘फ्युचरिस्टिक एस्थेटिक्स’ र ‘एरोडाइनामिक मास्टेरी’का कारण दिपल एस०५ ले युरोपको प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’ २०२५ जितेको थियो । यसको ‘ड्रयाग कोफिसेन्ट ०.२५८ सीडी’ छ जुन नेपालको एसयूभी सेग्मेन्टकै सबैभन्दा कम हो यसले पर्फर्मेन्स र सुन्दरता दुवैलाई बलियो बनाउँछ ।

तारामण्डली स्वरुपबाट प्रभावित ‘शार्क नोज फ्रन्ट’, अन्तरीक्षयानबाट प्रभावित हेडलाइट, ‘फ्रेमलेस डोर’, ‘फ्लस ह्यान्डल, स्टार फिडर एलईडी टेललाइट, लुमिनस रियर लोगो’ रहेको छ । १९०० एमएम चौडाइ र १६०० एमएम उचाइको बेजोड ‘प्रोपर्सन’ले सडकमा दमदार उपस्थिति जनाउँछ ।

‘टेक्नोलोजी’ ले भरिपूर्ण एस०५
नयाँ दिपल एस०५ मा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किङ’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसको मद्दतबाट साँघुरो ठाउँमा सहजै पार्किङ गर्न सकिन्छ ।

साथै यसमा पछिल्लो प्रविधिको ‘एडास २.०’ रहेको छ जसमा ‘ट्राफिक जाम असिस्ट, लेन सेन्टरिङ कन्ट्रोल, फर्वाड कोलिजन वार्निङ’ लगायत १९ वटा अत्याधुनिक सुरक्षाको फिचर छन् । दिपल एस०५ मा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ ।

१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ जसको माध्यमबाट ‘स्पटिफाई, युट्युब, अमेजन म्युजिक र लाइभ नेभिगेसन’ जस्ता फिचर प्रयोग गर्न सकिन्छ । स्मार्टफोनमार्फत प्रयोगकर्ताले सजिलैसँग टाढाबाट ‘एसी कन्ट्रोल’, ‘चार्जिङ सेड्युल’ गर्न र कारलाई टाढैबाट कहाँ छ भनेर जानकारी पाउन सकिन्छ ।

‘गोल्डेन शिल्ड ब्याट्री’
दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ । साथै, ३० देखि ८० प्रतिशत चार्ज मात्र १५ मिनेटमा हुन्छ । यसबाहेक माइनस २० डिग्रीमा पनि १५ प्रतिशतभन्दा कम रेन्ज लस हुन्छ । दिपल एस०५ मा ६ किलोवाटको ‘भीटुएल’ मार्फत बाहिर उपकरणमा ‘पावर सप्लाई’ गर्न सकिन्छ ।

‘रियर ह्विल ड्राइभ’ र ५०ः५० प्रतिशतको बराबर ‘वेट डिस्ट्रिब्युसन’ले नयाँ दिपल एस०५ को ‘पर्फमेन्स’ लाई बेजोड बनाइदिन्छ । यसको ‘एनईडीसी रेन्ज’ ४७० किलोमिटर रहेको छ ।

सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ
नयाँ दिपल एस०५ प्लस र म्याक्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । प्लस भेरिएन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ तर यसको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । साथै, माथिल्लो भेरिएन्ट म्याक्सको बजार मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । हाललाई यसको सुरुवाती मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

नयाँ दिपल एस०५ ‘मुनलाइट ह्वाइट’, ‘ग्यानिमेड ग्रे’, ‘दिप स्पेस ब्ल्याक’, ‘एन्ड्रोमेडा ब्लु’ र ‘मर्करी सिल्भर‘’ गरी ५ आकर्षक रंगमा उपलब्ध छ । साथै यसको इन्टेरियर ‘ओरेन्ज’ र ‘ब्ल्याक’ गरी दुई ‘लेदेरेटेड कम्बिनेस’ मा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

जीएसी एवोनलाई वर्ल्ड इकोनोमिक फोरमको लाइट हाउस अवार्ड

जीएसी एवोनलाई वर्ल्ड इकोनोमिक फोरमको लाइट हाउस अवार्ड

चिनियाँ ईभी निर्माता जीएसी एवोनले वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित...

स्काईवेल ईभी खरिद गर्दा युरोप घुम्ने मौका, टेष्ट ड्राइभ गर्नेलाई समेत अवसर

स्काईवेल ईभी खरिद गर्दा युरोप घुम्ने मौका, टेष्ट ड्राइभ गर्नेलाई समेत अवसर

काठमाडौं– अब तपाई पनि युरोपमा स्काईवेल ड्राईभ गर्न जाने होईन त ? नेपाली...

विद्युतीय सवारीसाधन किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

विद्युतीय सवारीसाधन किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं – कुमारी बैंक र सिप्रदी ट्रेडिङ्गका बीच ग्राहकहरूलाई टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...