धेरै कारमा प्रयोग हुँदैछ कारमा माइलेज बढाउने यो फिचर, जसले प्रदूषण पनि कम गर्छ

कारको माइलेज बढाउनका लागि विभिन्न कम्पनीले नयाँ कारमा आइडल स्टार्ट स्टप फिचर दिन थालेका छन् । यसलाई सानो बटनको मद्दतले एक्टिभ गरिन्छ । यो फिचर एक्टिभ भएपछि कारको माइलेज बढ्छ ।

आइडल स्टार्ट स्टप फिचर कारको फ्युलको खपत कम गर्नको लागि प्रदान गरिएको हुन्छ । यसलाई एक्टिभेट गरिसकेपछि न्यूट्रलमा रहेको कारको इन्जिन पूर्ण रुपमा बन्द गर्छ र हल्का क्लच थिच्ने बित्तिकै इन्जिन अटोमेटिक स्टार्ट हुन्छ । यो फिचरले कार रोकिँदा इन्धन आपूर्ति पूर्ण रूपमा बन्द गर्छ । यसले कारको माइलेजमा धेरै फरक पार्छ ।

सो फिचरको मद्दतले प्रदूषण पनि कम हुन्छ । सामान्य कार १ मिनेटको लागि एक ठाउँमा रोकिदा यसले अनावश्यक प्रदूषण निम्त्याउँछ, तर स्टार्ट स्टप फिचर एक्टिभ छ भने कार रोक्दा इन्जिन रोकिन्छ र कार स्टार्ट नगरेसम्म कारले कुनै पनि प्रकारको प्रदूषण गर्दैन ।

सो फिचरको एउटा अर्काे फाइदा पनि छ । कारको इन्जिन कम प्रयोग हुँदा यसको आयु पनि बढ्छ । साथै, इन्जिन आयल, फिल्टर, इन्धन फिल्टर जस्ता पार्टपुर्जा र स्पेयरको आयु पनि बढ्छ ।

सम्बन्धित समाचारहरू

किकबाट बाइक स्टार्ट नभएमा यसो गरौ

किकबाट बाइक स्टार्ट नभएमा यसो गरौ

लामो समयको अन्तरालमा बाइक स्टार्ट गर्नु खोजेमा बाइक सजिलै स्टार्ट हुँदैन...

हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको ‘टेक्निकल ट्रेनिङ’ सम्पन्न

हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको ‘टेक्निकल ट्रेनिङ’ सम्पन्न

काठमाडौं – जेसीबी नेपाल र हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको...

अटो मेकानिक्स व्यवसायी संघको पहलमा रक्तदान तथा आँखा जाँच शिविर सम्पन्न

अटो मेकानिक्स व्यवसायी संघको पहलमा रक्तदान तथा आँखा जाँच शिविर सम्पन्न

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजनामा वृहत रक्तदान तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...