रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल नेपालमै एसेम्बल हुने, दर्ता भए तीन उद्योग
नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...
रोयल इन्फिल्डले हालै आफ्नो नयाँ स्क्रायाम्बलर बाइक स्क्राम ४११ लन्च गरेको छ । सो बाइक हिमालयन एड्भेन्चर बाइकको रोड ओरिएन्टेड भर्सन हो र यसले येज्दी स्क्रायाम्बलरसँग प्रतिस्पर्धा गर्नेछ । यस बाइकको इन्जिन, मूल्य र डिजाइनको हाल निकै नै चर्चा भइरहेको छ ।
रोयल इन्फिल्ड स्क्राम ४११ रोयल इन्फिल्ड हिमालयनमा आधारित छ । तर हिमालयको तुलनामा यसमा निकै नै परिवर्तन गरिएको छ । सो बाइकमा स्लिक हेडल्याम्प कभर, सानो ट्याङ्की एक्स्टेन्सन, ब्यास प्लेट, सिंगल पिस सिट र सिंगल पिस पिलियन ग्र्याब ह्यान्डल छन् । स्क्रामको फ्रन्टमा १९ इन्च टायर र रियरमा १७ इन्च टायर छन् ।
यसको सिटको उचाइ पनि हिमालयन भन्दा ५ एमएम कम छ । रोयल इन्फिल्डको नयाँ स्क्रायाम्बलरको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । रोयल इन्फिल्ड स्क्राम ४११ ७ रङमा उपलब्ध छ, जसमा ग्रेफाइट थिम ३ रङमा उपलब्ध छ ।
स्क्राम ४११ मा रोयल इन्फिल्ड मेटियर ३५० मा जस्तै इन्स्ट्रयुमेन्ट कन्सोल एक सेमी–डिजिटल युनिट जस्तै छ । मुख्य इन्स्ट्रयुमेन्ट पोडमा फ्युल गेज, टाइम, ट्रिपमिटर, ओडोमिटर इत्यादिका लागि डिजिटल रिड आउटको साथ एनालग स्पिडोमिटर छ । ब्रेकिङ सिस्टमको लागि फ्रन्टमा ट्विन पिस्टन क्यालिपरसहित ३०० एमएम डिस्क र रियर सिंगल पिस्टन क्यालिपरसहित २४० एमएम डिस्क छ ।
सो बाइक मानकको रूपमा ड्युअल च्यानल एबीएसको साथ आउँछ । हाफ डुप्लेक्स स्प्लिट क्याडल फ्रेममा आधारित, यो ४१ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क (१९० एमएम ह्विल ट्राभल) र रियरको लिंकेज भएको मोनोसक (१८० एमएम ह्विल ट्राभल) मा सस्पेन्ड गरिएको छ ।
रोयल एनफिल्ड स्क्राम ४११ मा पावरको लागि हिमालयन जस्तै ४११ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ, जसले २४.३ बीएचपी पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीले आफ्नो थ्रोटललाई पेपरियर परफर्मेन्सको लागि अलिकति ट्विक गरिएको तर ५ स्पिड गियरबक्स भने कायम राखिएको बताएको छ ।
रोयल इन्फिल्ड स्क्राम ४११ ग्रेफाइट कलरको मूल्य २ लाख ३ हजार भारु रहेको छ, जबकि ब्लेजिङ ब्ल्याक र स्काइलाइन ब्लूको मूल्य २ लाख ५ हजार भारु तोकिएको छ । यससँगै सबैभन्दा महँगो ह्वाइट फ्लेम र सिल्भर स्पिरिट हुन्, जुन २ लाख ८ हजार भारुमा उपलब्ध छ ।
नेपाली बजारमा अब रोयल इन्फिल्डको आधिकारिक वितरकको रुपमा त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभ नियुक्त भएको छ । आगामी दिनमा नेपाली बजारमा भित्रिने पहिलो मोटरसाइकलको रुपमा यही हुने अनुमान गर्न सकिन्छ । यद्यपि नेपाली बजारमा यसको मूल्य थाहा पाउन भने त्यही सकयम नै कुर्नु पर्ने हुन्छ ।
नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...
काठमाडौं – क्रसफायर र इटालिका मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक...
रोयल इन्फिल्डको लोकप्रिय हिमालयन एड्भेन्चर बाइकको अपडेट मोडल लन्चिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...