सवारी एसेम्बल उद्योगमा दिइएको सहुलियत गुम्ने डर, यस्ता छन् नेपालमा एसेम्बल उद्योग र सम्भावना

सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौटी गर्न लागेको भन्ने विषयमा त्यसको मुख्य सरोकारवाला संस्था नाडाको विशेष ध्यानाकर्षण भएको बताएको छ ।

नाडाले धेरै समय अघि देखि राख्दै आएको मागलाई दृष्टिगत गदैं सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको छ । यसैको फलस्वरुप नेपालमा ४ वटा दुई पांग्रे सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको, अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको र केही अरु यस्ता एसेम्बल उद्योगहरु खुल्ने तयारीमा रहेका छन् ।

नाडाले आगामी बजेटबाट यस्ता उद्योगहरुमा दिइदै आएको सहुलियत हट्ने संशयका साथ यो विज्ञप्ति सार्वजनिक गरेको बताइएको छ । यसबाट भविष्यमा यस्ता उद्योगमा हुने छुटले निरन्तरता पाउने वा नपाउने कुरामा सन्देह समेत पैदा भएको छ ।

कति छन् एसेम्बल उद्योग ?
केही दिन पहिले मात्र काठमाडौंको बुढानीलकण्ठमा विद्युतीय सवारी उत्पादनका लागि एसेम्बल उद्योग खुलेको छ । मोडर्न भेइकल प्रालि नामक उद्योग हालै दर्ता भएको हो। उक्त उद्योगमा १४ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ। यो उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुनेछ।

यो भन्दा पहिले नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा तीन एसेम्बलिङ उद्योग दर्ता भएका छन् । उद्योग विभागमा रोयल इन्फिल्ड, होन्डा र हिरो मोटोकर्पले मोटरसाइकल तथा स्कुटर स्वदेशमै एसेम्बल गर्ने गरी उद्योग दर्ता गरेका छन् ।

रोयल इन्फिल्डका लागि टीजी अटो ग्रुप, होन्डाका लागि हिमाल मोटो नेपाल र हिरोका लागि एनजीएम इन्जिनियरिङ एन्ड सेल्स उद्योग विभागमा दर्ता भएका छन् । गत आर्थिक वर्ष अर्थात २०७८ साउन देखि २०७९ असार सम्मको अवधिमा ६ वटा यस्ता एसेम्बल उद्योग दर्ता भए ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन विधेयकमार्फत नेपालमा सवारी साधन एसेम्बल गर्ने उद्योगका लागि ५० प्रतिशत अन्तशुल्क छुट दिने घोषणा गरेको थियो । यो भन्दा पहिले २५ प्रतिशत छुट उपलब्ध भएकोमा पछि यो छुट बढाइएको थियो । यद्यपि यसको सदुपयोग भएको वा नभएको वारेमा भने धेरै गुनासोहरु आइरहन्छन् ।

हाल नेपालमा बजाज र टीभीएसले सवारी साधन एसेम्बल गरिरहेका छन् । गत वर्ष १५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकलमा प्रतिबन्ध लाग्दा पनि नेपालमै एसेम्बल हुने भएकाले यी दुई कम्पनीलाई अरुलाई जस्तो असर परेन । यसले गर्दा पनि कम्पनीहरु आगामी दिनमा नेपालमै एसेम्बल गर्नुपर्ने बाध्यता रहेको स्वीकार्ने मनस्थितिमा पुगेका छन् ।

यसले पनि पछिल्लो समय यामाहा तथा हिरोका कम्पनीहरु एसेम्बल प्लान्ट निर्माणका तीब्रताका साथ लागि परेका छन्। यसलाई उनीहरुले बाध्यताका रुपमा पनि हेरेका छन्।

नाडाका पूर्वअध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योति सरकारले दिएको सहुलियत तथा छुटका कारण पनि अब आफूहरुले जसरी भएपनि एसेम्बल प्लान्ट निर्माण गर्नु परेको बताउँछन्।

‘सरकारले यति राम्रो छुट दिएको छ, त्यसको कुनै पनि कम्पनीले इग्नोर गर्नै सक्दैनन्, उनले भने, ‘तर सरकारले दुई वर्ष पछि के हुन्छ भन्ने कुरा नसोची छुट दिएको छ। पछि सरकारको राजश्व पुरै घट्छ। त्यसपछि के गर्छ भन्ने कुरा महत्वपूर्ण हो। सरकारलाई अप्ठेरो पनि पर्न सक्छ।’

उद्योगपति डा. ज्योति स्वदेशी उद्योगलाई अन्तस्शुल्कमा धेरै छुट दिन नपाइने प्रावधान रहेको बताउँछन्। सरकारले जतिनै धेरै छुट दिए पनि गाडी वा बाइक उत्पादन गर्ने कम्पनी भने नेपालमा आउन नसक्ने उनको भनाइ छ। ‘हाम्रोमा भोलुम धेरै छैन, उनले भने, ‘भारतमा पनि यस्ता उद्योग आउन धेरै समय लागेको थियो।'

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुव्र थापा सरकारले छुटको घोषणा गरेसँगै व्यवसायीको आकर्षण थपिएको बताउँछन्। उनले सरकारको अस्थिर नीतिका कारण नेपालमा नै एसेम्बल उद्योग दर्ता गर्न व्यवसायी इच्छुक भएर उद्योग दर्ता गरे तापनि तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नभएको बताए।

‘नेपालमा नै सवारी एसेम्बलिङ उद्योग दर्ता गर्न ठूलो रकम आवश्यक पर्छ, सरकारको अस्थिर नीतिका कारण व्यवसायी उत्साहित छैनन्', थापाले भने, ‘दुई पाङ्ग्रेभन्दा चार पाङ्ग्रेमा धेरै पूँजी खर्च हुन्छ। सरकारले नीतिगत रुपमा नै व्यवस्था नगर्दासम्म ठूला लगानीकर्ता आउने अवस्था देखिएको छैन।'

थापाका अनुसार दुई पाङ्ग्रेको एसेम्बल प्लान्ट निर्माण गर्न लगानी कम हुन्छ। ‘यसले गर्दा हाल सबै दुई पाङ्ग्रे सवारी बितरक कम्पनीहरु एसेम्बल प्लान्ट निर्माण गर्न बाध्यतामा वा अन्तस्शुल्कको सहुलियतका कारण अगाडि सरिरहेका छन्], उनले भने, ‘तर नीति बन्नुपर्छ अनि मात्र लगानी गर्न व्यवसायी उत्साहित हुन्छन्,।'

यस्तै यामाहाले पनि बाध्यताका कारण एसेम्बल प्लान्ट निर्माण गरिएको जनाएको छ। यामाहाको पनि नेपालममा धेरै दुई पाङ्ग्रे सवारीको बिक्री तथा बजार ठुलो रहेको छ। आफुसँग प्रतिस्पर्धी कम्पनीहरुले एसेम्बल प्लान्ट स्थापन गरेर संचालनमा ल्याएको केही समयपछि यसले पनि एसेम्बल प्लान्ट बनाइरहेको हो।

ग्राहकलाई लाभ थोरै
यद्यपि जति नै एसेम्बल उद्योग स्थापना गरे पनि ग्राहकलाई भने त्यस्तो धेरै प्रत्यक्ष लाभ हुने गरेको पाइदैन । थोरै मात्र मूल्यको फरकमा यस्ता सवारी साधन नेपाली बजारमा उपलब्ध हुने गरेको ग्राहकको गुनासो पाइन्छ ।

यद्यपि सरकारलाई राजस्वको स्रोत हुने र एसेम्बल उद्योगले प्रशस्तै रोजगारी सिर्जना गर्ने भएकाले यसलाई भने सकारात्मक रुपमा लिनु पर्छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय माइक्रो बसमार्फत उपत्यकाबाहिर महानगर यातायातको सेवा विस्तार

विद्युतीय माइक्रो बसमार्फत उपत्यकाबाहिर महानगर यातायातको सेवा विस्तार

काठमाडौं–महानगर यातायात प्रालिले आफ्नो सेवा काठमाडौं उपत्यकाबाहिर...

लुसिड मोटर्सको ईभीले बनायाे गिनिज वर्ल्ड रेकर्ड, फुल चार्जमा १२०५ किमी रेन्ज

लुसिड मोटर्सको ईभीले बनायाे गिनिज वर्ल्ड रेकर्ड, फुल चार्जमा १२०५ किमी रेन्ज

अमेरिकी इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी लुसिड मोटर्सले आफ्नो...

पुस २० र २१ गते काठमाडौंमा नाडाको साधरण सभा, नयाँ नेतृत्वका लागी निर्बाचन हुने

पुस २० र २१ गते काठमाडौंमा नाडाको साधरण सभा, नयाँ नेतृत्वका लागी निर्बाचन हुने

काठमाडौं– नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४७ औं वार्षिक साधारण सभा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...