सुजुकी कार अब ७.४९ प्रतिशत ब्याजदरमा किन्न पाइने, नबिल बैंकले फाइनान्सिङ गर्ने
काठमाडौं – सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले नबिल बैंकसँगको...
एनटर्क स्कुटरमा कन्याकुमारीदेखी लेहसम्मको यात्रा मात्र १२६ घन्टा १४ मिनेटमा पुरा गरेर भारतमा एकजना राइडरले नयाँ किर्तिमान कायम गरेका छन् । टिभिएस रेसिङ टिमका सदस्य शमिम खानले ४ हजार किलोमिटर लामो उक्त यात्रा टिभिएस एनटर्क १२५ रेस एक्सपी एडिसनबाट गरेका हुन् । यो एसियाकै लागि स्कुटरमा गरिएको सबैभन्दा छिटो यात्रा हो । यसअघि एकजना स्कुटर राइडरले सोही दुरीको यात्रा १३० घन्टा २७ मिनेटमा तय गरेका थिए ।
भारतमा हालसालै सार्बजनिक गरएको एनटर्क १२५ रेस एक्सपी एडिसनमा उपलब्ध गराइएको सेग्मेन्टकै सबैभन्दा बढी १० बिएचपी पावरका कारण उक्त रेकर्ड कायम गर्न सकिएको खानले बताए । यो स्कुटरमा उपलब्ध गराइएको डुलअ राइड मोडका कारण पनि उच्चतम गतिमा हाँक्न सकिएको हो । साथै नयाँ प्रबिधीको ईन्जिन जडान गरिएका कारण यात्रा अबधीभर स्कुटरमा कुनै समस्या नदेखिएको उनको भनााई छ ।
नेपाली बजारमा टिभिएसको रेगुलर रेस एडिसन उपलब्ध भएपनि एक्सपी भने हालसम्म भित्रिएको छैन । रेगुलर रेस एडिसनको मुल्य नेपाली बजारमा २ लाख ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं – सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले नबिल बैंकसँगको...
मारुती सुजुकीको सर्बाधिक सफल कार स्विफ्टले ३० लाख बिक्रीको माइलस्टोन पार...
मारुती सुजुकीको नयाँ क्रसओभर कार फ्रोङ्क्स लन्च हुनुभन्दा अघि नै ७...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...