संसारकै तीव्र गतिको इलेक्ट्रिक कार चार्जर आउने, ३ मिनेटमा १०० किमी रेन्ज

स्विस इन्जिनियरिङ कम्पनी एबीबीले संसारकै सबैभन्दा तीव्र इलेक्ट्रिक कार चार्जर लन्च गरेको छ । कम्पनीले टेस्ला, हुन्डाई र अन्य सवारी निर्माता कम्पनीहरुद्वारा इलेक्ट्रिक कार उत्पादन बढाइरहेको सन्दर्भमा त्यस्ता गाडीको चार्जिङ जरुरत पुरा गर्नका लागि नयाँ चार्जर विकसित गरेको बताएको छ ।

एबीबीले टेरा ३६० मोडुलर चार्जर लन्च गर्ने तयारी गरेको छ, जसले ईभी चार्जिङ व्यवसाय शुरु गर्ने योजना बनाएको छ । यसका लागि करिव ३ अर्ब डलर लाग्ने बताइएको छ ।

एबीबीका अनुसार उक्त डिभाइसले एकै पटक चार सवारी साधन चार्ज गर्न सक्ने छ । ३६० किलोवाट क्षमताको यो चार्जरले कुनै पनि कारलाई १५ मिनेट वा यो भन्दा पनि कम समयमा फुल चार्ज गर्न सक्छ । यसबाट चार्जिङ समयको वारेमा हाल भएको चिन्तालाई यसले कम गर्नेछ । हाल फुल चार्जका लागि केही घण्टा लाग्ने अवस्था छ ।

एबीबीको टेरा ३६० ले ३ मिनेट भन्दा पनि कम समय चार्ज गरे पछि १०० किलोमिटर रेन्ज दिने गरी इलेक्ट्रिक गाडी चार्ज गर्नेछ । युरोपमा यो वर्षको अन्त्यसम्ममा यो उपलब्ध हुनेछ । त्यसपछि २०२२ सम्म यो अमेरिका, ल्याटिन अमेरिका र एसिया प्रशान्त क्षेत्रमा उपलब्ध हुनेछ ।

एबीबीले ट्रक, जहाज र रेलवे जस्ता कमर्सियल सवारी साधनका साथै इलेक्ट्रिक सवारी साधनका लागि विभिन्न पूर्वाधार, चार्जिङ र इलेक्ट्रिफिकेसन सोलुसन प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

युरोपमा सस्तो ईभीको दौड तीव्र, चिनियाँ ब्रान्डको दबाबमा ठूला अटो निर्माता सक्रिय

युरोपमा सस्तो ईभीको दौड तीव्र, चिनियाँ ब्रान्डको दबाबमा ठूला अटो निर्माता सक्रिय

युरोपेली बजारमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूको प्रभाव...

पोखरामा १० प्राेटाेन इमास ७ को सामूहिक हस्तान्तरण

पोखरामा १० प्राेटाेन इमास ७ को सामूहिक हस्तान्तरण

पोखरा – नेपालमा प्रोटोन मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

इलेक्ट्रिक स्कुटरको व्यापार : छुट र अफरको पछि लाग्ने कि, उचित मूल्य निर्धारणमा जोड दिने ?

इलेक्ट्रिक स्कुटरको व्यापार : छुट र अफरको पछि लाग्ने कि, उचित मूल्य निर्धारणमा जोड दिने ?

काठमाडौं–पछिल्ला केही वर्षयता नेपालको अटोमोबाइल बजारमा विशेष गरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...